झलनाथ खनालको खर्च बेहोर्ने प्रधानमन्त्री देउवाको निर्णयमा युवा नेता गगन थापाको आपत्ति
कपन अनलाइन
काठमाडौँ, श्रावण ६ ।
नेपाली काँग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले नेता झलनाथ खनालको उपचार खर्च सरकारले बेहोर्ने प्रतिबध्दता व्यक्त गरेकोमा आपत्ति जनाएका छन् ।
सामाजिक संजालमा टिप्पणी गर्दै नेता थापाले कुनै व्यक्तिको विदेशमा गरिने उपचार खर्च राज्यले बेहोर्ने विषय गैरकानुनी भएको बताउदै अघिल्लो सरकारले कानुन विपरित गरेको निर्णयको भारी नबोक्ने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाले मंगलबार प्रचण्ड निवास खुमालटार पुगेको बेला नेता खनालसँग टेलिफोनमा कुरा गर्दै छिटो ठिक भएर फर्किन र उपचार खर्च सरकारले बेहोर्ने कुरा गरेको विषय मिडियामा आएपछि थापाको यस्तो आग्रह सार्बजनिक भएको हो ।
उनले भनेका छन :
तपाइँको प्रतिक्रिया ।