नेकपा एमाले काठमाण्डौका १० निर्वाचन क्षेत्रीय कमिटीको बैठक बोलाइयो
कपन अनलाइन
काठमाण्डौ ,साउन १।
नेकपा एमाले काठमाण्डौका १० निर्वाचन क्षेत्रीय कमिटीको बैठक बोलाइएको छ। नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको सचिवालय बैठकले काठमाण्डौ जिल्लाका १० वटै निर्वाचन क्षेत्रको बैठक साउन २ गते सनिवार बोलाएको हो।
असार ३० गते बढेको जिल्ला सचिवालयको बैठकले सदस्यता नवीकरण ,संगठन सुद्दिकरण र विस्तारको विषयमा केन्द्रित भएर सबै निर्वाचन क्षेत्रको बैठक डाकिएको जिल्ला कमिटीका सचिव दीपक निरौलाले जानकारी दिएका छन।
संगठित सदस्यता नवीकरण र विस्तारलाई तीव्रता दिएको नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीले सबै क्षेत्रको बैठक पछी जिल्लाब्यापी अभियानको तयारी गरेको भन्दै उनले चाडै केन्द्रको निर्देशन अनुसार संघर्ष र संगठनका कार्यक्रम तय गर्ने बताएका छन।
क्षेत्रीय कमिटी बैठकको समय र स्थान
क्षेत्र नं १ : प्रदेस सभा सदस्य गणेश दुलालको सचिवालय ( बिहान ८ बजे )
क्षेत्र नं २ : क्षेत्रीय कार्यालय थली ( बिहान ८ बजे )
क्षेत्र नं ३ : ड्रिम हाउस इन्टरनेसनल ( बिहान ११ बजे )
क्षेत्र नं ४ : कपन ( बिहान७ बजे )
क्षेत्र नं ५ : लर्ड पार्टी प्यालेस ( बिहान ७.३० बजे )
क्षेत्र नं ६ : महेन्द्र सामुदायिक भवन ( बिहान ११ बजे )
क्षेत्र नं ७ :क्षेत्रीय कार्यालय ( बिहान ८ बजे )
क्षेत्र नं ८ : हनुमान ढोका ( बिहान ८ बजे )
क्षेत्र नं ९ : फोर स्टार बैन्केट ( बिहान२ बजे )
क्षेत्र नं १० : भर्चुवल