बागमती प्रदेशलाई एस.टी.सी. ग्रुपको स्वास्थ्य सामाग्री सहयोग
कपन अनलाइन
काठमाण्डौ ,असार २८।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई एस.टी.सी. ग्रुपले दुईसय वटा अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।उक्त ग्रुपले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत वागमती प्रदेशलाई अक्सिजन सिलिण्डर र रेगुलेटर प्रदान गरेको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले देशलाई सङ्कट परेको बेला सरकारसँग हातेमालो गरेको भन्दै एसटिसी गु्रुपलाई धन्यवाद दिदैं सरकारको तर्फबाट गर्न सकिने सबै प्रकारको सहुलित प्रदान हुने आश्वासन व्यक्त गरेका थिए ।
कार्यक्रममा गु्रुपका प्रवन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेतीले मुलुकलाई समस्यामा परेको बेला ग्रुपले हातेमालो गर्न चाहेको र संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने शीर्षक अन्तरगत नै सहयोग प्रदान गरेको बताए ।
एस.टि.सी. गु्रुप अटोमोवाइलको विभिन्न ब्राण्डको स्पेयर्स पार्ट्स, टायर ल्युव तथा व्याट्रिको आधिकारीक विक्रेता एवं उत्पादक कम्पनी हो ।