सामाजिक सुरक्षा भत्ता लिन आएका बुढानिलकण्ठ-९ का जेष्ठ नागरिकलाई झुल र स्टिमर उपहार

सामाजिक सुरक्षा भत्ता लिन आएका बुढानिलकण्ठ-९ का जेष्ठ नागरिकलाई झुल र स्टिमर उपहार

कपन अनलाइन

काठमाण्डौ ,असार २५।

बुढानिलकण्ठ नगरपालिका वडा नं ९ मा सामाजिक सुरक्षा भत्ता लिन आएका जेष्ठ नागरिकहरुलाई झुल र स्टिमर उपहार प्रदान गरिएको छ। नगरपालिका वडा नं. ०९ मा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने क्रममा वडाकाे तर्फबाट २५० वटा झुल र २०० वटा स्टिमर वितरण गरिएकाे हो ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल र उपप्रमुख रमा राईले  जेष्ठ नागरिकहरूलाइ (७० वर्ष उमेर माथी) प्रति जाेडि १ स्टिमर र १ सेट गाेलाे झुल वितरण गरेका थिए भने   ६० वर्ष र साे भन्दा बढी उमेरका एकल महिलाहरूलाइ समेत झुल वितरण गरिएकाे थियो ।

सामाजिक सुरक्षा भत्ता चैमासिक रूपमा वडा कार्यालयमा बैंक कर्मचारीहरूलाइ बेलाएर वितरण गर्नका लागि वडा कार्यालयले सहजीकरण गर्दै आएकाे छ । शारिरीक रूपमा कमजाेर र अशक्त वडाबासीहरूलाइ घरैमा गइ सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था गरेको वडा नं ९ ले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।