चौतारामा राष्ट्रिय युवा संघको बृक्षारोपण

चौतारामा राष्ट्रिय युवा संघको बृक्षारोपण

कपन अनलाइन

काठमाण्डौ ,असार २४।

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । उक्त संगठनको जिल्ला कमिटीको आयोजनामा आज चैतारा क्याम्पसको प्राङ्गणमा बृक्षारोपण कार्यक्रम गरिएको हो ।

युवा संघले देशव्यापी आयोजना गरेको कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोकमा नि सुरुवात गरिएको सिन्धुपाल्चोकका युवा नेता महेश चौलागाईंले बताउनु भयो । आज भएको कार्यक्रममा विभिन्न प्रजातिका ४०० भन्दा धेरै बोट तथा बिरुवा हरु रोपिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि युवा संघका उपाध्यक्ष अमित लामाले यो अभियान देशव्यापी रुपमा संचालन जानकारी दिदै  युवाले गरेको रचनात्मक कार्यले सबैलाई सन्देश दिएको बताएका छन  ।

कार्यक्रममा संघका उपाध्यक्ष उर्मिला सुनुवारको पनि विशेष उपस्थिति रहेको थियो भने केन्द्रिय देखी जिल्ला तह सम्ममाका नेता हरुको सहभागीता रहेको थियो । राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोक जिल्ला कमिटीले प्रत्येक स्थानीय तहमा बृक्षारोपण कार्यक्रम संचालन गर्ने संघका सचिवालय सदस्य अभिषेक तिवारीले बताए  ।

तपाइँको प्रतिक्रिया ।