नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ को सभापतिमा नेता रामकृष्ण केसीको दावी

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ को सभापतिमा नेता रामकृष्ण केसीको दावी

कपन अनलाइन

काठमाण्डौ ,असार १७।

नेपाली कांग्रेसको स्थानीय अधिवेसनको कार्यतालिका सार्वजनिक भए संगै स्थानीय समितिहरुको नेतृत्वको दावी र तयारी निकै तीव्र गतिमा चलिरहेको छ।

अहिले नेपाली कांग्रेसका क्रियाशील सदस्यहरु विच नेताहरु नेतृत्वको दावी सहित पुगिरहेका छन भने आफ्नो उम्मेदवारीको उदेस्य र महत्वका वारेमा छलफल गरिरहेका छन।

यसै क्रममा काठमाण्डौ क्षेत्र नं ४ मा नेपाली कांग्रेसको राजनीतिमा लामो समय बिताएका नेता रामकृष्ण केसीले क्षेत्रीय सभापतिमा दावी गरेका छन।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ४ लाई स्थानीय ,प्रदेस र संघीय सबै तहमा शशक्त रुपमा विजयी बनाउन आफ्नो अनुभव र ज्ञान उपयोगी रहेको भन्दै सभापतिमा दावी गरेका केसी २०५८ शल देखि २०६३ सम्म क्षेत्रीय उपसभापति रहेका थिए।

राजनीति ,खेलकुद र समाजसेवामा सक्रिय रहेका केसीले २०४९ शाल देखि २०५८ सम्म साविक कपन गाउँ इकाई समितिको सभापतिमा जिम्मेवारी बहन गरेका थिए भने २०५० शालमा क्षेत्रीय सदस्यका रुपमा सक्रिय रहेका थिए।

२०४९ र २०५४ शालको स्थानीय निकायको निर्वाचनमा साविक कपन गाविस वडा नं ४ को वडा अध्यक्ष रहेका केसी २०६३ पछी नेपाली कांग्रेस काठमाण्डौ जिल्ला सदस्यको रहेका छन।२०५६ शाल देखि निरन्तर खेलकुदको क्षेत्रमा क्रियाशील रहेका केसी नेपाल ह्यान्डबल संघका केन्द्रीय कार्यबाहक अध्यक्ष रहेका छन ।

 

तपाइँको प्रतिक्रिया ।