गजल : अनिता भण्डारी (पौडेल)
कपन अनलाइन
काठमाण्डौ ,असार २०।
चुनौतिको झ्याली पिटाउने खुबी रहेछ कसको के लाग्छ
आफैले आफैलाई टिकाउने खुबी रहेछ कसको के लाग्छ
कुर्लिए उर्लिए गाली गलौज तथानाम बाँकी कतै केही रहेन
विरोधीलाई पाखा मिल्काउने खुबी रहेछ कसको के लाग्छ
कोही बोल्दाबोल्दै चिप्लिए कोही बोल्न नसकेर चिप्लिए
जादुटुना मोहनी सीकाउने खुबी रहेछ कसको के लाग्छ
अक्सिजन नपाएर जनता छट्पट्टिएर ज्यान गुमाएको बेला
‘त्यो पर्दैन’ भन्दै छक्काउने खुबी रहेछ कसको के लाग्छ
जति कराएनि जति डराएनि सरकार अन्धो बहिरो भो हजुर
मिलिमतोको खेलखेली रमाउने खुबी रहेछ कसको के लाग्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।