मेलम्ची लगायत तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध
कपन अनलाइन
काठमाण्डौ ,असार १७।
सिन्धुपाल्चोकका शेर्माथाङ्ग, धाप र चौतारा वर्षामापन केन्द्रमा हिजो बेलुका देखि लगातार मध्यम देखि भारी वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना रहेकोले मेलम्ची बजार लगायतका तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन अनुरोध गरिएको छ।
नेपाल बाढी सुचना केन्द्रले सतर्कताका लागि सुचना जारी गर्दै अविरल परेको पानीले पुर्याउने क्षेती र जोखिम न्यूनीकरणका लागि सो अनुरोध गरेको हो ।
कोशी र नारायणीका सहायक नदीहरु तथा पुर्वी राप्ती र कन्काई लगायतमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने,
कमला र बागमती लगायतमा बहाब सतर्कता तह पार गरि खतरा तह सम्म पुग्न सक्ने पुर्वानुमान रहेकाले तटीय क्षेत्रहरू तथा डुवान भईरहने क्षेत्रहरूमा विशेष सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।
तपाइँको प्रतिक्रिया ।