सार्वजनिक स्थानमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा तामाङ पक्राउ
कपन अनलाइन
काठमाण्डौ ,असार १७।
सार्वजनिक स्थानमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा भक्तपुरबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको सुनापति गाँउपालिका–५, रुपाकोट स्थायी घर भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ३६ वर्षीय चमारसिंह तामाङ रहेका छन् ।
प्रहरीका अनुसार उनले कमलविनायक, आदर्श चोकलगायत सार्वजनिक स्थानको भित्री सडकखण्डको एकान्त स्थानमा हिँडडुल गरिरहेको महिलाहरुलाई चिमोट्ने, धाप मार्ने, संवेदनशील अंगमा समाउने, जिस्काउने, हैरानी दिनेलगायत कार्य गर्दै आएका थिए ।
प्रहरीमा उनीविरुद्ध पटक–पटक उजुरी परेको थियो । प्रहरी परिसर भक्तपुरको टोलीले तामाङलाई पक्राउ गरी पीडित महिलाहरुलाई सनाखत गराएको थियो ।
तपाइँको प्रतिक्रिया ।