भाडामा यात्रु ओसार्ने ४७ वटा नीजि सवारी साधनहरू कारवाहीमा
कपन अनलाइन
काठमाण्डौ ,असार १७।
बिशेषगरी काठमाडौ उपत्यका बाहिरने यात्रुहरुसँग भाडा लिई यात्रु ओसारपसार गर्ने ४७ वटा प्राईभेट नम्बरका गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिइ कारबाही गरेको छ । त्यस्ता निजी नम्बर प्लेटका गाडीहरुले प्रयोजन विपरीत भाडामा यात्रु बोकेको पाईएपछि कारबाही गरेको महाशाखाले जनाएको छ ।
“भाडाका सवारी साधनहरुको जस्तै बोलेरो, स्कार्पियो लगायतका निजि सवारी साधनहरुले भाडामा यात्रु बोक्ने गरेको पाईएकोले नियन्त्रण एव कारबाही गर्न अभियान नै चलाएको एसएसपी भट्टराईले जानकारी दिएका छन । उनले जोर विजोर प्रणालीलाई कडाईका साथ कार्यान्वयन गर्दै सवारी चाप व्यवस्थापन र ट्राफिक कारवाही पनि सँगसँगै लगिएको समेत बताए ।
तपाइँको प्रतिक्रिया ।