नेकपा एमालेका नेता वेदुराम भुषालले पार्टी छोडे, स्वतन्त्र सांसदको मान्यता दिन निवेदन
कपन अनलाइन
काठमाण्डौ ,असार १३।
सत्तारुढ दल नेकपा (एमाले) का नेता तथा राष्ट्रियसभा सदस्य बेदुराम भुसालले आफूलाई स्वतन्त्र सांसदको मान्यता दिन आग्रह गरेका छन् । आज (आईतबार) संसद सचिवालयमा सूचना दर्ता गराउँदै भुषालले यस्तो आग्रह गरेका हुन् । भुषाल पछिल्लो वरिष्ठ नेता माधव कुमार नेपालको पक्षमा उभिएका थिए ।
एमाले र माओवादीबीचको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा उनी राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । सर्वोच्च अदालतले २०७७ फागुन २३ गते एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काएको थियो । एमालेभित्रको अन्तरविरोधमा उनी नेता नेपालको पक्षमा थिए । तर, उनले अब दलको मान्यता नदिन भनेका छन् ।
तपाइँको प्रतिक्रिया ।