नेकपा एमाले ओखलढुंगाका सचिव तिर्थ सुवेदी द्वारा चम्पादेवी गाउँपालिकाको चर्को आलोचना

नेकपा एमाले ओखलढुंगाका सचिव तिर्थ सुवेदी द्वारा चम्पादेवी गाउँपालिकाको चर्को आलोचना

कपन अनलाइन

काठमाण्डौ ,असार १०।

नेकपा एमाले ओखलढुंगाका सचिव तिर्थ सुवेदीले  चम्पादेवी गाउँपालिकाको चर्को आलोचना गरेका छन। गाउँपालिकाको गाउँसभामा बोल्दै उनले प्रतिवेदनमा उल्लेख गरिएको अनियमित बेरुजु के हो ? भन्ने प्रश्न गर्दै सुवेदीले बेरुजुमा पालिका डुब्नु लज्जाजनक कुरा भएको बताएका थिए।

गाउँपालिकाले जिल्ला मै सबैभन्दा कम बेरुजु राखेर इज्जत कमाउनु पर्नेमा उल्टो जस्तो भएको भन्दै सुवेदीले गाउँपालिका आउने बाटोमा मोटर साइकल बोकेर आउनुपर्ने अवस्था रहेको भन्दै कटाक्ष गरेका थिए।

कतिपय योजना निर्माण र सम्झौतामा कर्मचारीले समेत तर चाट्ने गरेको सुचना प्राप्त गरेको भन्दै उनले अहिले गाउँपालिकामा स्वास्थ्य स्वयंसेविकाहरुले मास्क र स्यानीटाईजर जस्ता सामानको समेत अभाव भएको तर्फ मानवीय आधारमा सोच्नु पर्ने सुझाव दिएका थिए।

गाउँ पालिकाले गर्ने हरेक रचनात्मक काममा आफ्नो र पार्टीको तर्फ बाट सहयोग रहने बताउदै विकासको नया मोडल चम्पादेवी बाट शुरु गर्नुपर्ने धारणा राखेका थिए।

तपाइँको प्रतिक्रिया ।