उद्यमशिल महिला समूह गोकर्णेश्वर द्वारा खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण

उद्यमशिल महिला समूह गोकर्णेश्वर द्वारा खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण

कपन अनलाइन

काठमाडौँ, असार ६।  बिश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीले निम्त्याएको रोग, भोग, गरिबी र विपन्नता संग लड्ने यात्रामा महिला शक्तिको जागरुकता हाम्रो प्रतिबद्धता भन्ने मूल नाराको साथमा  उद्यमशिल महिला समूह गोकर्णेश्वर ४ ले खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ।

शनिबार संस्थाको कार्यलय अत्तरखेलमा आयोजित उक्त कार्यक्रममा कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणको लागि सरकारले जारी गरेको निषेधाज्ञाको कारण समस्यामा परेका ज्याला, मजदुरी गरेर गुजारा चलाउँदै आएका करिब २५ परिवारलाई  राहत स्वरूप खाद्यान्न एबम  स्वास्थ्य सामग्री  वितरण  संस्थाकी अध्यक्ष प्रमिला शेर्पाले कपन अनलाइनलाइ जानकारी गराइन ।

उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, विश्व हिन्दु महासंघ नेपाल काठमाडौं जिल्ला अध्यक्ष एबम् धार्मिक तथा आध्यात्मिक सद्भावना दुत शिक्षासेवी रेखा अर्याल, परिवर्तशील महिला समाजको अध्यक्ष एबम् समाजसेवी लक्ष्मी पुडासैनी लगायत संस्थाको पदाधिकारीको उपस्थितिमा उक्त सामाग्री वितरण गरिएको उनले जानकारी गराइन ।

उक्त कार्यक्रम संस्थाका प्रमुख संरक्षक राजु सुनारले संचालन गरेका थिए। त्यसै गरि संस्थाले सोहि दिन जनजाति कल्याण आश्रम नेपाल मुलपानीलाइ पनि १४ बोरा चामल सहित अन्य खाद्यान्न र स्वास्थ्य सामाग्री प्रदान गरेको थियो।

तपाइँको प्रतिक्रिया ।