गोकर्णेश्वर ४ मा आइतबार नि:शुल्क स्वास्थ्य शिविर हुने

कपन अनलाइन

काठमाडौं,असार ५। गोकर्णेश्वर नगरपालिका वडा नं ४ को स्वास्थ्य शिविर हुने सम्बन्धी सार्वजनिक सुचना जारी गरेको छ। वडा सचिब नवराज सेनले जारी गरेको उक्त सुचनामा मद्दत नेपाल संस्थाको सहयोगमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा  २०७८ साल असार ६ गते आइतबार बिहान १०:३० बजे देखि ३ बजे सम्म ऐतिहासिक देशेगाउँ स्थित फल्चा मा निशुल्क स्वास्थ्य शिविरको साथै नि:शुल्क औषधी समेत प्रदान गरिने हुँदा उक्त स्वास्थ्य शिबिरमा सहभागी भइ  स्वास्थ्य लाभ लिन वडाबासीलाइ सार्वजनिक सुचना मार्फत अनुरोध गरेका छन।उक्त स्वास्थ्य शिबिरमा निम्न सेवा प्रदान गरिने जानकारी गराइएको छ। थप जानकारीको लागि वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ ९८४१३९७१०६मा सम्पर्क गर्न सकिन्छ ।

तपाइँको प्रतिक्रिया ।