तीन स्थानीय तहको लाइफ लाइन “चनौटे रातोपुल” उच्च जोखिममा
कपन अनलाइन
काठमाण्डौ,असार ५।
सिन्धुपाल्चोक जिल्लाका तीन स्थानीय तहको लाइफ लाइनका रुपमा रहेको “चनौटे रातोपुल” उच्च जोखिममा परेको छ। मेलम्ची खोलामा आएको निरन्तर बाढीले सो पुलमा गम्भीर क्षेती पुर्याएको छ भने यो संगै स्थानीयहरुलाई आवतजावतमा समेत निकै अफ्ट्यारो परेको छ।
हेलम्बु गाउँपालिकाको कार्यालय तथा वडा नं १,२, र ३, मेलम्ची नगरपालिकाको ७ र ८ तथा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको १ र २ गरी ७ वटा वडाहरू जोड्ने एउटा पुलमा क्षेती पुगे संगै यसले ढुवानी ,आवतजावत र उपचारमा समेत निकै अशर पर्ने देखिएको छ।
काठमाण्डौ सहित नेपालका अन्य क्षेत्र बाट आएको राहत सडक अभावका कारण पिडित समक्ष नपुगेको अवस्थामा उक्त पुलमा गम्भीर अशर पर्दा यसले थप मानवीय संकट निम्त्याउन सक्ने भन्दै तुरुन्त आवस्यक सहयोग गर्नका लागि स्थानीयहरुले अनुरोध गरेका छन ।फोटो ;समिर गिरी
तपाइँको प्रतिक्रिया ।