बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धारमा जुट्न डा. राजन भट्टराईको अपिल
कपन अनलाइन
काठमाडौं ,असार २ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार कार्यमा जुट्न अनुरोध गरेका छन। आज बिहान सामाजिक संजाल बाट उनले सिन्धुपाल्चोकको मेलम्ची लगायत देशका विभिन्न भागमा बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै संकटको यो घडीमा पीडितहरुको लागि सबैले आ-आफ्नो ठाउ बाट सक्दो सहयोग गरि उद्दार कार्यमा जुट्न सबैलाई अपिल गरेका छन ।
तपाइँको प्रतिक्रिया ।