सिन्धुपाल्चोकमा प्रकृतिको अर्को बज्रपात, मेलम्ची खोलाको बितण्डा
कपन अनलाइन
सिन्धुपाल्चोक ,असार २ । मेलम्ची नदीमा मंगलबार साँझ आएको आएको भिषण बाढीले वितण्डा मच्चाएको छ । बाढीले करिब ५० जना भन्दा बढी मानिसहरू बेपत्ता भएको आंशका गरिएको छ।हिजोबाट आएको बाढीले मेलम्ची खानेपानी ड्याम समाप्त गरेको छ भने , तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतबिक्षत बनाएको छ ।यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल सम्पूर्ण उडाएको छ । नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्याएको छ ।
सामाजिक सञ्जालमा पोस्ट गर्दै स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुटन अपिल गरेका छन् ।सरकारले आजै टेण्ट र खाध्यान्न जुन जुन बस्तीमा क्षति भएको छ त्यहाँ खसाल्ने समेत उनले बताएका छन् । स्थानीय जनतामा जसको घर बगाएको छ वहाँहरुलाई घर हुनेहरुले आश्रय दिनुहुन र यस विपतिमा एक अर्काको सहारा बनेर अघि बढ्न समेत उनले अपिल गरेका छन् ।