नेपाल यातायात स्वतन्त्र मजदुर संगठन यातायात मजदुरहरुलाई खोप माग
कपन अनलाइन
काठमाण्डौ ,असार १।नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले यातायात मजदुरहरुलाई खोप माग गरेको छ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई केन्द्रीय अध्यक्ष भीमज्वाला राईको नेतृत्वमा भेटेर यातायात मजदुरहरुलाई खोप दिन माग गरेको हो।
मंगलबार स्वास्थ्य मन्त्रालय पुगेको संगठनले स्वास्थ्यमन्त्री समक्ष विभिन्न माग राख्दै तत्काल इन्धन ढुवानी गर्ने सवारीका चालक तथा सहचालकलाई र यातायात मजदुरलाई लकडाउन अवधिमै खोप माग गरेको हो ।
सो अवसरमा स्वास्थ्यमन्त्री तामाङले सबैतिर खोपको माग रहे पनि सरकार सँग खोपको उपलब्धता कम भएकोले अब आउने खोपमा यातायात मजदुरलाई प्राथमिकतामा राख्ने आश्वासन दिएको संगठनका केन्द्रीय सचिव एवं प्रचारप्रसार बिभाग प्रमुख रबि केसीले बताएका छन।
तपाइँको प्रतिक्रिया ।