काठमाण्डौ-४ को विकासमा डा.राजन भट्टराईको पहल : बुढानिलकण्ठमा करिव ४० करोडका ३५ योजना

काठमाण्डौ-४ को विकासमा डा.राजन भट्टराईको पहल : बुढानिलकण्ठमा करिव ४० करोडका ३५ योजना

कपन अनलाइन

काठमाण्डौ ,असार १।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराईको पहलमा बुढानिलकण्ठ नगरपालिकामा ३५ वटा विकास योजनाहरु  परेका छन।

आर्थिक वर्ष २०७८/०७९ को बजेटमा शहरी विकास मन्त्रालय अन्तर्गत बुढानिलकण्ठ नगरपालिकामा ति योजनाहरु परेका हुन। यो आर्थिक वर्षमा बुढानिलकण्ठ नगरपालिका विभिन्न वडाहरुमा करिव ४० करोड ११ लाखका योजनाहरु परेका छन।

२०७४ शालको निर्वाचनमा मत माग्दा आफु हारेपनि जिते पनि सधै काठमाण्डौ क्षेत्र नं ४ का जनता र उनीहरुको विकास तथा समृद्धिको अभियानमा साथ दिने बाचा गरेका भट्टराईले भौतिक पूर्वाधार निर्माणका लागि बुढानिलकण्ठ नगरपालिका र वडाले माग गरेका योजना बजेटमा पार्नका लागि महत्वपूर्ण भूमिका खेलेका थिए।

निर्वाचनमा पराजित भएर पनि निरन्तर सक्रीय रहने विरलै नेताहरुको साँघुरो सुचिमा पर्ने डा. भट्टराईले बुढानिलकण्ठ नगरपालिकामा खानेपानी सेवाका लागि मेलम्ची खानेपानी योजना ल्याउनका लागि अथक मेहेनत गरेका थिए।

रुद्रमती ( धोवीखोला ) को मुहान धोवीढुंगामा पुगेर स्थलगत निरीक्षण पछी धोवीढुंगा तल्लो भंगाल खानेपानी योजना विस्तारमा प्रभावकारी सहयोग गरेका डा. भट्टराईको पहलमा धोवीखोलामा प्रसोधन केन्द्र संचालनका लागि पनि बजेट बिनियोजन भएको छ।

डा. भट्टराईको पहलमा बुढानिलकण्ठ नगरपालिकामा परेका योजनाहरु :

१)धोविखोला कोरिडोर सुधार आयोजना-अठ्ठार करोड सन्ताउन लाख

२. वडा नं १ श्वेत भैरव मार्ग, वडा नं ८ रुद्रमति सडक र वडा नं १० धारापाखा सड़क आशिर्वाद समाज राम मन्दिर सडक स्तरोन्नति-पचास लाख

३. वडा नं ८ भंगाल जुता कारखाना देखि पानी कारखाना सम्म र स्पेशल चोक देखि तल्लो भंगाल लगायतका भित्री सडक स्तरोन्नति तथा सौन्दर्यीकरण कार्य तथा सो नगरपालिकाको एकीकृत शहरी पूर्वाधार विकास गर्ने कार्य-एक करोड पच्चास लाख

४ वडा नं १२ कपन तेन्जिङ्गचोक हुँदै दुर्गा मन्दिर जाने बाटो स्तरोन्नति- पचास लाख

५.वडा नं ११ आनि गुम्बा देखि पैयुटार सम्म कलभर्ट निर्माण तथा सडक स्तरोन्नती- एक करोड पचास लाख

६) वडा नं १०,११ र १२ मा रहेको आनी गुम्बा देखि तरकारी बजार साततल्ले धोवीखोला कलर्भट निर्माण तथा सडक स्तरोन्नति – एक करोड़

७) वडा नं १३ च्याने खोला करिडोर फॉट सडक स्तरोन्नति -एक करोड़

८) वडा नं १ मा रहेको बुद्ध पार्क निर्माण -पचास लाख

९) वडा नं ११ वडा कार्यालय कपन आनिगुम्बा, गुरुङ टोल, कार्कीटोल, गैरिगाउ ,रेडक्रस भवन त्रिवेणी चोक हुँदै जगडोल सम्मको सडक निर्माण – पचास लाख

१०) वडा नं ०८ सगरमाथा टोल भंगाल हाइट, जगन्नाथ मन्दिर उत्तर तर्फको बाटो समृद्धि मार्ग सुन्दर बस्ती, खहरे शान्तिटोल र महांकाल मन्दिर मार्ग सडक स्तरोन्नति – पचास लाख

११) वडा नं ०२ सुन्दरटार बाटो स्तरोन्नति -पचास लाख

१२) वडा नं ०८ न्यूरो हस्पिटल पछाडिबाट गंगालाल हस्पिटलसम्मको सकड र वडा न १० डिठ्ठाचौर सडक स्तरोन्नति -पचास लाख

१३) वडा नं ११,१२ उसु हल देखि सहिद पार्क जाने सडक वाडा नं ११ फुलवारी कुवा सडक स्तरोन्नति -पचास लाख

१४) वडा नं १० ओम शान्तिटोल बालुवाखानी भुषाल टोल सडक निर्माण-पचास लाख

१५) वडा नं १३ कुमारि मार्ग र नौलिन स्कूल ठाडो बाटोको स्तरोन्नति गर्ने कार्य-तीस लाख

१६)वडा नं ११ स्वरुपा टोल वाटो ढलान गरि सडक स्तरोन्नति गर्ने कार्य-तीस लाख

१७)वडा नं ८ अन्तर्गत खहरे देखि ध्रुम्ब्राह बिग मार्ट चोक सम्मको खण्डमा सडक ढलान तथा सडक स्तरोन्नति गर्ने कार्य- एक करोड

१८)वडा नं १ कार्यालय भंगालटोल वाट निलो पुल हुँदै वडा न २ जोड्ने सडक -दस लाख

१९)सडक बिस्तार कार्यक्रम अन्तर्गत वडा नं ८को चिहाने सडक अन्तर्गत रुद्रमति च्याने खोला घोविखोला करीडोर देखि ह्रुयम पाईप चोकसम्म बक्स कल्भर्ट निर्माण गरी सडक निर्माण- पाँच करोड पचास लाख

२०) वडा नं ०८ अन्तर्गत भ्याली पब्लिक स्कूलदेखि ह्रयुम पाइप चोक सम्म सडक निर्माण गर्ने कार्य (ढल तथा रिजिड पेभमेन्ट)-उन्नचालिस लाख

२१)वडा नं १०,११ र १२ मा रहेको आनी गुम्बादेखि तरकारी बजार साततल्ले हुँदै धोवीखोला सम्मको बाटोमा बकस कल्भर्ट निर्माण गरी स्तरोन्नति गर्ने कार्य (दोस्रो फ्रेज)-दस करोड

२२)वडा नं ११ तामाङ गुठीमा पूर्वाधार निर्माण -तिस लाख

२३)वडा नं ११ कपन आनि गुम्बा,गुरुङ टोल,कार्कीटोल,गैरिगाउँ,रेडक्रस भवन त्रिवेणी चोक हुँदै जगडोलमा सडक तथा कल्भर्ट निर्माण -तीस लाख

२४)वडा नं ८ स्थिति स्पेशल हाइट सार्वजनिक जग्गा संरक्षण-दस लाख

२५) वडा नं ८ बाहुन डाडामा पार्क निर्माण -चालिस लाख

२६) वडा नं ८ पुर्कुटी टोल देखि अनिल खड्काको घर जाने बाटो निर्माण सुधार-तीस लाख

२७)वडा नं ८ भंगाल हाईट, सगरमाथा सेल ,जगन्नाथ मन्दिर क्षेत्रमा सडक निर्माण सुधार-बिस लाख

२८)वडा नं ८ समृद्धि मार्ग टोल खहटे शावे टोल क्षेत्रमा सडक निर्माण सुधार-बीस लाख

२९)वडा नं २ रुद्रेश्वर मार्ग सडक स्तरोन्नति -चालीस लाख

३०)वडा नं २ बीएमसी मार्ग -चालिस लाख

३१)गोल्फूटार मण्डिखाटार सडकबाट आवास क्षेत्र जाने सडक स्तरोन्नति कार्य- पच्चीस लाख

३२)वडा नं ११ कपन लसुनटार च्याने डाडा खेल मैदान निर्माण-चालीस लाख

३३)वडा न २ सृजनाग्राम बाटो स्तरोन्नति -पैतिस लाख

३४) वडा नं. ०२ वासुकीमार्ग बाटो स्तरोन्नति -चालिस लाख

३५)वडा नं ११ जगडोल सडक स्तरोन्नति -पैतिस लाख

तपाइँको प्रतिक्रिया ।