उच्च रक्तश्रापबाट मोलुङ गाउँपालिका – ६ श्रीचौरकी एक महिलाको मृत्यु

कपन अनलाइन

ओखलढुंगा,असार १।

ओखलढुंगामा उच्च रक्तश्रापका कारण एक सुत्केरी महिलाको मृत्यु भएको छ । शिशुलाई जन्मदिएको सुरु भएको उच्च रक्तश्रापबाट जिल्लाको मोलुङ गाउँपालिका ६ श्रीचौरका जङ्बु शेर्पाकी ३० वर्षिया श्रीमती डोमा शेर्पाको मृत्यु भएको हो ।

शेर्पालाई आईतबार श्रीचौर स्वास्थ्य चौकीले ओखलढुंगा सामुदायिक अस्पताल रेफर गरेको थियो । अस्पताल नलगि स्थानीय पेशा पेशला पोलिक्लिनिकमा भर्ना गरिएकी शेर्पाले शिशुलाई जन्मदिए पनि उच्च रक्तश्रापको उपचार हुन नसक्दा उनको मृत्यु भएको हो ।

कोरोना कहरको डरले सुरुमा अस्पताल नलगिएको र आपतकालिन अवस्थामा अस्पताल लैजान नसकिएको पारिवारीक स्रोतले जनाएको छ ।फोटो सौजन्य : भिजन संचार

तपाइँको प्रतिक्रिया ।