राष्ट्रिय शहीद तथा शान्ति पार्क एबम निजामति स्मारकको स्थलगत निरीक्षणमा शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठ

राष्ट्रिय शहीद तथा शान्ति पार्क एबम निजामति स्मारकको स्थलगत निरीक्षणमा शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठ

कपन अनलाइन

काठमाडौँ,जेठ ३१। नेपाल सरकारका शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रि एबम युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका अध्यक्ष कृष्ण गोपाल श्रेष्ठले यज्ञडोल जगडोल सामुदायिक बनमा निर्माणाधीन  राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामति (स्मारक) को अवलोकन भ्रमण गरेका छन।

सोमबार  भएको सो निरीक्षण अवलोकन भ्रमणमा प्रतिनिधि सभा सदस्य कृष्ण राइ  युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिब डा.बाबुराम अधिकारी, जिल्ला समन्वय समिति काठमाडौंका सदस्य उद्दब भण्डारी, गोकर्णेश्वर नगरपालिका वडा नं ४का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ  नेकपा एमाले गोकर्णेश्वर नगर अध्यक्ष उद्दब बिष्ट, लगायत स्थानीयको उपस्थिति रहेको थियो  ।

मन्त्री श्रेष्ठले  आर्थिक वर्ष २०७८/७९को बजेट बक्तव्य मार्फत निर्णय भए बमोजिम काठमाडौंको यज्ञडोल जगडोल सामुदायिक बनमा युनेस्को संग्राहलय ग्राम निर्माणका लागि स्थलगत  निरीक्षण गरेका हुन् । निरीक्षणकै क्रममा उनले सो स्थानमा  वृक्षारोपण समेत गरेका थिए  ।

उक्त कार्यक्रममा युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिब डा. बाबुराम अधिकारी र राष्ट्रिय शहीद तथा शान्ति पार्क निजामति (स्मारक) यज्ञडोल जगडोल सामुदायिक बन पर्या पर्यटन प्रवर्द्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले स्वागत  गरेका थिए भने अध्यक्ष सिग्देलले राष्ट्रिय शहीद तथा शान्ति पार्क निर्माणको हाल सम्मको बस्तुस्थिति ,प्रगति बिवरणका साथै भाबि योजना एबम समस्याका बारेमा जानकारी गराएका थिए ।

तपाइँको प्रतिक्रिया ।