गण्डकीका मन्त्रि दिपक मनांगे (राजीव गुरुङ) लाई कारवाही गर्न राष्ट्रिय खेलकुद परिषदको माग

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ३१।

गण्डकी अन्लाइन न्युज टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा गण्डकी प्रदेश सांसद एवं नवनियुक्त भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङले दिएको  अभिब्यक्ति  अराजक एवं अशिष्ट भएको  राष्ट्रिय खेलकुद परिषदले बताएको छ ।
निमित्त सदस्य सचिव पुरेन्द्र विक्रम लाखले बिज्ञप्ति जारी गर्दै  राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङको नाम लिएर अत्यन्त अमर्यादित अशोभनिय लाल्छनायुक्त एवं घोर निन्दनीय रहेको भन्दै  गम्भीर ध्यानाकर्षण भएको बताएका छन  ।

हामीले परिकल्पना गरेको प्रजातान्त्रिक एवं सभ्य समाजले पचाउन नसक्ने खाल्को अभिब्यक्ति एउटा जनप्रतिनिधि एवं माननीय मन्त्री बाट बाहिर आउनु आफैमा खेदजनक रहेको बाताउदै परिषदले यस्ता अभिब्यक्तिले  सम्पूर्ण खेल जगतको अपमान भएको महशुस भएको बिज्ञप्तिमा उल्लेख गरिएको छ।
मन्त्री मनांगे  सार्वजनिक भएका अप्रजातान्त्रिक, असभ्य एवं गैरजिम्मेवार अभिब्यक्तिको राष्ट्रिय खेलकुद परिषद् घोर भत्सर्ना एवं निन्दा गर्दै उक्त भनाइले सम्पूर्ण नेपाली खेलकुद क्षेत्रको मानहानी भएको ठहर गर्दै दोषी उपर प्रचलित नेपाल कानून बमोजिम कानूनी कार्वाहीको समेत परिषदले  माग गरेको छ।

तपाइँको प्रतिक्रिया ।