कीर्तिपुर नगरपालिकाले आज भर्च्युल माध्यम बाट युवाहरुको सुझाब संकलन गर्ने
कपन अनलाइन
काठमाडौँ, जेठ ३१। कीर्तिपुर नगरपालिकाले आगामी आर्थिक वर्षको नीति ,कार्यक्रम तथा बजेटमा युवाहरुको सल्लाह सुझाब संकलन गर्ने भएको छ। आर्थिक वर्ष २०७८/७९को लागि योजना संकलन गर्ने कार्यक्रम रहे पनि हाल फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)को दोस्रो प्रकोप तथा यसको संक्रमण फैलन नदिन नेपाल सरकारको निर्देशन पालना गर्दै टोल बस्तीमा आउन नसकेको हुँदा भर्च्युल माध्यम जूम वेविनार मार्फत युवा संग स्थानीय सरकार कार्यक्रम आयोजना गरि सुझाब संकलन गर्न लागिएको उप प्रमुख सरस्वती खड्काले कपन अनलाइनलाइ जानकारी गराइन।
कीर्तिपुर नगरपालिकाले आगामी आर्थिक वर्षको नीति ,कार्यक्रम तथा बजेटमा युवा बर्गलाई बिशेष प्राथमिकतामा राखेर युवाहरुको सल्लाह, सुझाब तथा प्रतिक्रिया संकलन तथा छलफलका लागि आज नगरपालिकाले बेलुकी ५ बजे जुम वेविनार कार्यक्रम आयोजना गरेको हुँदा उक्त कार्यक्रममा सहभागी भई आफ्नो सल्लाह सुझाब र प्रतिक्रिया दिन अनुरोध गरिएको छ। मिटिंग आइडी ९७२ २०६४ ६८७२ रहेको समेत जानकारी गराइएको छ ।