तीन दलको समर्थनसहित मुख्यमन्त्रीमा गुरूङको दाबीले गण्डकीमा नयाँ ट्वीस्ट
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २९।
गण्डकी प्रदेशकाे मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन् । उनले राष्ट्रिय जनमाेर्चा र जनता समाजवादी पार्टीकाे समर्थनकाे पत्र सहित फेरि मुख्यमन्त्रीमा दावी गरेका हुन् ।
गुरुङले जनमाेर्चाकाे कृष्ण थापाकाे पत्र र जसपा प्रदेश कमिटीकाे पत्रसहित दावी गरेकेा बुझिएकाे छ । २७ गते विश्वासकाे मत प्राप्त गर्न नसकेका गुरुङले अहिले फेरि दाबी गरेका छन् ।
नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले आफ्नाे पक्षमा रहेका ३१ जना सांसदलाई प्रदेश प्रमुखकै सामुन्नेमा उपस्थित गराई मुख्यमन्त्रीकाे दाबी गरिसकेकाे अवस्थामा पृथ्बीसुब्बा गुरुङले फेरि दाबी गरेपछि गण्डकीकाे सत्ता स्वार्थमा नयाँ ट्विस्ट भएकाे छ ।
तपाइँको प्रतिक्रिया ।