जनताको भाव ब्यक्त गर्दा नसिहतमा परे नरोत्तम वैध

जनताको भाव ब्यक्त गर्दा नसिहतमा परे नरोत्तम वैध

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २९/बद्री भट्टराई 

प्रदेश सांसद नरोत्तम बैद्यज्यूले देशको वर्तमान अवस्था र त्यसबाट सिर्जित अवस्थाका बारेमा वागतमी प्रदेश सभामा दिएको उदारहण चर्चाको शिखरमा पुगेको छ । संसदीय मर्यादा मान्ने हरकोहिले उहाँको भावनालाई आत्मसाथ गर्न सक्छ । विरोध पनि गर्न सक्छ । एक निष्ठा वाँच्ने नेताले जनतको र पार्टीको आवाज पनि सुन्न सक्छ । नरोत्तम बैद्यको भनाई , त्यसमा जनताको विमत्ति र र पार्टीको निर्देशनलाई आत्मसाथ गर्दे अनि स्वयमले पनि भावनाको प्रस्तुतीमा गलत उदाहरण भएको महशुस गरेर फिर्ता समेत लिइसकेका छन ।
यो विचमा सरकारका शक्तिशाली मन्त्री , खोपमा भ्रष्टारचार गर्ने देखी ७० करोड कुम्लाउने सम्म , संसदको लेखा समितिले कारवाही गर्न सिफारिसमा परेका देखी सांसद अपहरण गर्ने कार्यमा लागेका सम्म, जनतालाई पाखे र नालायक भन्ने देखी दिनदहाडै पत्रकार तथा मिडियाहरुलाई देखाईदिन्छु, ख्याल गर भन्नेहरु सम्मको फेशबुक र टिव्टरमा नैतिकताका कुरा र कानुनी दायरमा ल्याउने कुरा सुन्दा अनि पढ्दा उदेक लागेको छ ।
राजनैतिक रुपमा तल्ला तहका कार्यक्रताहरु दाश प्रायःहुन्छन । उनीहरुले आफ्नो मालिक रिजाउन वा बाको ढोकामा , झयालमा , बसेर चाकडी बजाउनेहरुलाई खुसी पार्नका लागि मर्ने र मार्ने सम्मको वक्तव्य दिन भ्याउछन त्यो पनि अचम्मको विषय होइन ।
विषय त यो हो, काठमाडौं मात्र नभई देशभर नै एक सिद्धान्त निष्ठ, त्यागी अनि सादगी जिवन विताउने नेताका रुपमा परिचित वैद्यलाई नजिक बाट चिनेकाहरुले समेत निर्लज्ज तर्कहरु पेश गरेको देख्दा साच्चै माया लागेको छ । नरोत्तम वैद्य प्रत्येक गरिब अनि वेसाहारका लागि एक सच्चा सेवक हुन । उनमा कुनै छलकपट छैन । जे छन , त्यहि हुन ।

कुनै गरिब पैसाको अभावमा अस्पतालमा छट्पटाउदा, मृत्यु वरण गरेर उसको लास उठाउने कोहि नहुँदा, पैसाका अभावमा आफ्नो परिवारको काजक्रिया गर्न नसक्दा उनीहरुका सामुमा एक संकटमोचकका रुपमा प्रकट हुने वैद्यलाई आज क्षेत्र नं ४ का फरक विचार बोक्नेहरुले विचार व्यक्त गरेकै आधारमा गरेको कटु वचन र तर्कहरु देख्दा भन्न मन लाग्छ, एकदिन हामी पनि यो संसारबाट विदा हुनुपर्छ ।

पाप र धर्मको ख्याल गरेर विचारको प्रवाह गर्दा राम्रो हुनेछ । एक समान्य नागरीकले वैद्य प्रति अनेकन धारणा बनाउन सक्छ । बनाउन पाउने उसको अधिकार पनि हो । राजनैतिक बृत्तमा सधैजसो एकै मञ्चमा बस्नेहरुले अनि राजनीतिलाई समाज परिर्वतनको बाटो बनाउनेहरुले यो विषयलाई कानुनी कठघरमा ल्याउने भन्नु एक कोरो कल्पना र सपना मात्र हो । सम्भव छैन भन्ने थाहा हुँदाहुदै पनि समाजलाई विभाजित बनाउने मानसिकताहरु पराजित मानसिकता मात्रै हुन ।
जनताको आवाज बोल्ने काम नै सासदको बोलेको हो । जनताको वर्तमान अवस्थामा राजनीति प्रति पिडाभाव राखेर आफ्ना भनाई राखेका हुन। संसदको मार्यादामा बाधिएको हुँदा नैतिकताका आधारमा आफ्नो भनाई फिर्ता लिनु अझै महत्वपूर्ण विषय हो ।जसरी उनका विरुद्धमा विज्ञप्ती र भनाईहरु सार्वजैनिक भए उसैगरी क्षमायाचना पश्चात राजनैतिक आचरण देखाउन सक्नु पथ्र्यो । फेल भएको चरित्र बोकेकाहरुले नैतिकताको पाठ पढाउनु केबल राजनैतिक स्वार्थमात्र हो । यसबाट विचलन आवश्यक छैन ।

तपाइँको प्रतिक्रिया ।