चाईना फाउन्डेसन द्वारा गोकर्णेश्वरको खगेन्द्र नवजिवनमा अध्ययनरत बिद्यार्थीहरुलाई खाद्यान्न प्रदान
कपन अनलाइन
काठमाडौं जेठ २८। गोकर्णेश्वर नगरपालिका वडा ६ नारायणटारमा रहेको खगेन्द्र नवजिवन बिशेष शिक्षा माध्यामिक बिद्यालयमा अध्यनरत १४७ जना विद्यार्थीलाई खाध्य सामाग्री बितरण गरिएको छ। बिहिबार एक कार्यक्रमका बीच चाईना फाउन्डेसन संस्थाले सफा सुनौलो नेपाल संस्था संग समन्वय गरि खाद्यान्न बितरण गरेको हो।उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे , वडा न ६ का वडा अध्यक्ष रमेश अर्याल, सि एफ पि ए का कन्ट्री डिरेक्टरZou Zhiquing को उपस्थिति रहेको थियो ।
कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसेले आयोजकलाइ धन्यबाद दिदै सि एफ पि ए ले कोभिड -१९ महामारीको विषम परिस्थितिमा गरेको सहयोग अत्यन्तै सह्रानिय रहेको बताएका थिए ।कार्यक्रमलाइ सम्बोधन गर्दै संस्थाकी कन्ट्री डिरेक्टर Zou Zhiquing ले करिब ६ बर्षदेखी नेपाल र नेपालीका हरेक दुझ सुखमा साथ दिन पाएकोमा खुशी ब्यक्त गर्दै विभिन्न प्रकोपहरुमा सहयोग गर्दै आएको बताएकी थिइन ।यस्ता सहायोगले चीन र नेपालको सम्बन्ध निरन्तर रहिरहने बताएकी थिइन ।