शंखरापुर नगरपालिकाको आ.व २०७८/७९को वार्षिक नीति,कार्यक्रम तथा बजेटलाई सुझाब दिन नगर प्रमुख सुवर्ण श्रेष्ठको अनुरोध
कपन अनलाइन
काठमाडौँ, जेठ २८। शंखरापुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम र बजेट तर्जुमा प्रक्रिया शुरु गरेको हुँदा नगरपालिकालाई समृद्द बनाउनका लागि के कस्ता नीति तथा कार्यक्रम राख्न आवश्यक हुन्छ,सो सम्बन्धमा आ –आफ्नो अमुल्य सुझाबहरु shankharapur.municipality@gmail.com मा जेठ मसान्त भित्र उपलब्ध गराईदिन राजनीतिक दल संघ संस्था, बुद्दिजिवी नागरिक समाज, बिज्ञ ,ब्यवसाई, समाजसेवी,पेशाकर्मी, कर्मचारी संचारजगत आम नागरिकहरुमा नगर प्रमुख सुवर्ण श्रेष्ठले सार्वजनिक सुचना मार्फत अनुरोध गरेका छन ।
प्रमुख श्रेष्ठले कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि सरकारले लागु गरेको निषेधाज्ञालाइ मध्यनजर गर्दै आर्थिक २०७८/०७९ को वार्षिक नीति, कार्यक्रम तथा बजेटलाई व्यवस्थित र कार्यान्वयन योग्य बनाउनका लागि सुझाबहरु पठाउन अनुरोध गरेका हुन ।
