बुढानिलकण्ठ नगरपालिकाका थप ३९ जनामा कोरोना संक्रमण पुष्टि, कुन वडामा कति संक्रमित ?

कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २७ ।

पछिल्लो  २४ घण्टामा बुढानिलकण्ठ नगरपालिकाका  ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जेष्ठ २६ गते  थपिएका संक्रमितहरुमध्ये १७ जना महिला र २२ जना पुरुष रहेका छन्। हालसम्मको तथ्याङ्क अनुसार नरपालिकामा कुल संक्रमित संख्या २,३२३ पुगेको छ।

नगरपालिकामा संक्रमणबाट पछिल्लो २४ घण्टामा एक संक्रमितको मृत्यु भएको छ। वडा नं १ का एक पुरुषको जेष्ठ ७ गते उपचारका क्रममा मृत्यु भएको हो। यो सँगै नगरपालिकामा हालसम्म संक्रमणबाट मृत्यु हुने कुल संख्या २० पुगिसकेको छ। हाल नगरपालिकामा संक्रमणबाट मृत्यु हुने दर ०.८६ प्रतिशत पुगेको छ।

सक्रिय रहेका संक्रमित मध्ये १८९ महिला र १९३ पुरुष गरि कुल ३८२ जना सेल्फ होम आइसोलेसनमा रहेका छन्। त्यस्तै  २१ जना महिला र २३ जना पुरुष गरि कुल ४३ जना विभिन्न अस्पताल तथा आइसोलेसन केन्द्रहरुमा उपचाररत रहेका छन्।

वडागत विवरण :

वडा नं १:  एक महिला र  तीनजना पुरुष

वडा नं २:  एक महिला र  एक पुरुष

वडा नं ३: तिन महिला  र  चारजना पुरुष

वडा नं ४:  एक महिला र  दुईजना पुरुष

वडा नं ५:  एक महिला र  एक पुरुष

वडा नं ६:  एक पुरुष

वडा नं ७: एक महिला र  दुईजना पुरुष

वडा नं ८: एक महिला र  एक पुरुष

वडा नं ९: एक महिला

वडा नं १०:  तीनजना महिला र चारजना पुरुष

वडा नं ११: तीनजना महिला र  एक पुरुष

वडा नं १२:  एक महिला र  दुईजना पुरुष

 

तपाइँको प्रतिक्रिया ।