बुढानीलकण्ठ नगरपालिकामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि , कुन वडामा कति संक्रमित ?

कपन अनलाइन

काठमाण्डौ,जेष्ठ २४।

बुढानीलकण्ठ नगरपालिकामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २० जना महिला र ९ जना पुरुष गरि कुल २९ जनामा संक्रमण पुष्टि भएको हो। हालसम्मको प्राप्त तथ्याङ्क अनुसार कुल २,१५४ जनामा संक्रमण पुष्टि भइसकेको छ।

गत २४ घण्टामा कोरोनामुक्त हुने संख्यामा बढि संख्यामा बृद्धि भएको छ। ३८ जना महिला र ५४ जना पुरुष गरि कुल ९२ जना कोरोनामुक्त भएका छन्। हालसम्मको तथ्याङ्कमा कोरोनामुक्त संख्या १७४८ पुगेको छ जसमा ८३२ महिला र ९१६ पुरुष रहेका छन्। हाल निो हुने दर ८१.१५ प्रतिशत रहेको छ।

पछिल्लो २४ घण्टामा मृत्यु दर्ता शुन्य रहेको छ। तथापि नगरपालिकामा १८ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन्। मृत्यु दर ०.८४ प्रतिशत रहेको छ।

नगरपालिकामा हाल ३८८ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये १८७ महिला र २०१ जना पुरुष रहेका छन्।

सक्रिय रहेका मध्ये १६६ महिला र १८७ जना पुरुष गरि कुल ३५३ सेल्फ होम आइसोलेसनमा रहेका छन् भने २१ महिला र १४ पुरुष गरि कुल ३५ जना विभिन्न अस्पताल तथा आइसोलेसन केन्द्रहरुमा उपचाररत रहेका छन्।

गत २४ घण्टामा नगरपालिकाको स्वास्थ्य केन्द्रहरुमा गरिएको एन्टिजेन अन्तरगत १२५ महिला र १४२ पुरुष गरि कुल २६७ जनाको एन्टिजेन परिक्षण गरिएको जनाइएको छ। परिक्षण गरिएका मध्ये २३ जना महिला र १६ जना पुरुषको एन्टिजेन नतिजा पोजिटिभ आएको छ। हालसम्म नगरपालिकामा १,११५ जना महिला र १,२७७ जना पुरुष गरि कुल २,३९२ जनाको एन्टिजेन परिक्षण गरिसकिएको छ जसमध्ये पोजिटिभ आउने संख्या ४९४ रहेको छ।

गत २४ घण्टामा संक्रमण पुष्टि भएकाहरुको वडागत विवरणः

वडा नं १:  एक पुरुष

वडा नं २:  एक पुरुष

वडा नं ३:  दुईजना महिला र  एक पुरुष

वडा नं ४: एक महिला र  दुईजना पुरुष

वडा नं ६: जना महिला

वडा नं ७: एक महिला

वडा नं ८:  एक महिला र  एक पुरुष

वडा नं ९:  दुईजना महिला र  एक पुरुष

वडा नं १०:  तीनजना महिला र एक पुरुष

वडा नं ११: दुईजना महिला

वडा नं १२: या एक महिला र  एक पुरुष

वडा नं १३: मा  एक महिला

तपाइँको प्रतिक्रिया ।