प्रदेशको जातीय नामकरण गराउन ज्ञापनपत्र

writer-77878

कपन अनलाइन\०७१ माघ ६ गते\
जनजाति सभासद्हरूको भेलाले प्रदेशको नामाकरण जातीय आधारमा हुनुपर्ने भन्दै सोमबार बिहान संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा समयमा संविधान र प्रदेशको नाम जातीय आधारमा राख्नुपर्ने बुँदा उल्लेख छ । आइतबार नयाँ वानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा भएको भेलामा सत्तापक्षधर नेकपा एमालेका २१ र नेपाली काँग्रेसका ६ सभासद् उपस्थित थिए । ६० जनजाति सभासद्को उपस्थिति रहेको भेलाले काँग्रेस एमालेको नौ बुँदे प्रस्ताव परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याएको थियो ।

तपाइँको प्रतिक्रिया ।