चार सरकारी संचार माध्यमको नारा परिवर्तन ,अव “विकास”को ठाउमा “समृद्धि”

चार  सरकारी संचार माध्यमको नारा परिवर्तन ,अव “विकास”को ठाउमा “समृद्धि”

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २२ ।

सरकारले ४ वटा सरकारी संचार माध्यमको  नारा परिवर्तन गर्ने निर्णय गरेको छ । यसअघिको नारा विकासका लागि सञ्चार पुरानो भएकोले नयाँ नारा ‘समृद्धिका लागि सञ्चार’ बनाउने निर्णय गरेको छ ।

शुक्रबार मन्त्रिपरिषदको निर्णय सुनाउने कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी ओलीको दृष्टिकोणअनुसार नारा परिवर्तन गर्न लागेको बताएका छन  ।

मन्त्री गुरुङले भने–‘ हामीले नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समिति र गोरखापत्रको नारा परिवर्तन गरेका छौँ । हिजो विकासका लागि सञ्चार भनिन्थ्यो भने अब नेपाल सरकार सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको राष्ट्रिय दृष्टिको सम्बृद्ध नेपाल, सुखी नेपालीको एउटा सङ्कल्पलाई अघि सार्नुभएको छ । आजको दिन हामीले निर्णय गरिसकेका छौँ, अब विकासको लागि सञ्चारको ठाउँमा समृद्धिको लागि सञ्चार बनाउँदैछौँ ।

हिजो एउटा फेजमा विकासका लागि सञ्चार थियो भने अब समृद्धिको लागि सञ्चार ‘स्लोगन’ परिवर्तन भएको जानकारी गराउँछु ।’ यसअघि नेपाल टेलिभिजनको नाराका रुपमा विकासका लागि सञ्चार रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।