प्रदेश सांसदको कारले ठक्कर दिंदा पैदलयात्रुको मृत्यु
प्रदेश–१ की कांग्रेस सांसद बिन्दिया कार्कीले प्रयोग गर्ने कारको ठक्करबाट एक पैदल यात्रुको ज्यान गएको छ । घटनामा अर्का एक जना घाइते भएका छन् ।
विराटनगरको एयरपोर्ट मोडस्थित सडकमा प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिएको थियो । घटनामा ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको बताइएको छ । गम्भीर घाइते उनलाई कोशी अस्पताल लगिए लगत्तै मृत्यु भएको हो ।
घटनामा मोरङ कटहरी गाँउपालिका–२ का २७ वर्षीया राजकुमार राजवंशी घाइते भएका छन् । उनको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । शर्मा र राजवंशी विराटनगर–४ स्थित न्यू एभरेष्ट फर्निचरका मजदुर हुन् ।
ठक्कर दिने कार सांसद कार्कीका छोरा रोविन कार्कीले चलाएको तर घटनापछि उनी फरार भएको प्रहरी स्रोतको बताएको छ ।
तपाइँको प्रतिक्रिया ।