लायन्स इन्टरनेसनल डाइरेक्टरका लागि २९७७ मतदाता , सिटौला अगाडी रहेको ए १ को दावी

लायन्स इन्टरनेसनल डाइरेक्टरका लागि २९७७ मतदाता , सिटौला अगाडी रहेको ए १ को दावी

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २०।

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ मल्टिपल कन्भेन्सनमा इन्टरनेसनल डाइरेक्टरमा लायन खगेन्द्र सिटौला अगाडी रहेको लायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ ले दावी गरेको छ।

जेष्ठ २१ र २२ गते हुने  मल्टिपल कन्भेन्सनमा बिधुतिय मतदानका लागि एक दिनको समय बाकि रहदा डिस्ट्रिक ए १ ले गरेको नमुना मतदान र सर्वेक्षणमा सिटौला करिव १०० मतले अगाडी रहेको सिटौलाका निर्वाचन अभियानको प्रचार प्रमुख लायन राजन श्रेष्ठले दावी गरेका छन।

लायन्स क्लव इन्टरनेसनलमा सिटौलाले गरेको योगदान र विगतमा भएका सहमतिका आधारमा सबै डिस्ट्रिकका लायन मतदाताहरुले मत दिने विस्वास ब्यक्त गर्दै उनले सिटौला सबैको साझा उम्मेदवार बन्ने विस्वास व्यक्त गरेका छन।

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ मल्टिपल कन्भेन्सनमा डिस्ट्रिक ए १ मा ६०१,ए २ मा ४६१ ,बि १ मा ११६८ र  बि २ मा ७४७ मतदाता रहेका छन।

तपाइँको प्रतिक्रिया ।