स्वास्थ्य सामाग्री लिएर ओखलढुंगा पुगे नेता रामहरी खतिवडा

स्वास्थ्य सामाग्री लिएर ओखलढुंगा पुगे नेता रामहरी खतिवडा

कपन अनलाइन

ओखलढुंगा , जेठ २०।

नेपाली कांग्रेसका  नेता रामहरी खतिवडा स्वास्थ्य सामाग्री लिएर ओखलढुंगा जिल्ला पुगेका छन। खतिवडा  कोभिड १९ को दोश्रो लहरमा देखिएको संक्रमण नियन्त्रण र  रोकथामकाका लागि  ९५ हजार सर्जिकल मास्क, २००० के एन ९५ मास्क, ४५० लिटर सेनिटाइजर, १५ थान पि पि ए सेत र १५०० थान हात धुने साबुन स्वास्थ्य सामाग्रीहरु बोकेर ओखलढुङा पुगेका हुन।

खतिवडाले यस्तो आफ्ठेरो बेला सबैले घरमै आए हुन्थ्यो भन्ने अनुरोध गरे पनि  समय परिस्थिती प्रतिकुल रहेकोले  सबैसँग भेट्ने रहरहरु पुरा  नहुदा आफु दुखित भएको बताएका छन।

खतिवडाले  ल्याएको सम्पूर्ण स्वास्थ्य सामाग्रीहरु ७५ वटै वडाहरुमा १ हजार सर्जिकल मास्क र ५ लिटरको दरले सेनिटाइजर प्रत्यकले पाउने गरी र के एन ९५ मास्क, बाँकी सर्जिकल मास्क र हाट धुने साबुनहरु स्वास्थ्य कर्मी र सुरक्षा कर्मीहरुलाई दिने गरी जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरिएको थियो ।

खतिवडाले  ७ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेर  सोहीदिन  काठमान्डौ फर्किने कार्यक्रम रहेको खतिवडाका  स्वकिय सचिव हुकुम राईले जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।