गोकर्णेश्वरमा लायन्स क्लब र गोकर्ण महिला संजाल द्वारा आयोजित आकस्मिक रक्तदान सम्पन्न

गोकर्णेश्वरमा लायन्स क्लब र  गोकर्ण महिला संजाल द्वारा आयोजित आकस्मिक रक्तदान सम्पन्न

कपन अनलाइन

काठमाडौँ, जेठ २०।   गोकर्णेश्वर  नगरपालिका वडा नं ४ स्थित गोकर्ण महिला संजालको भवनमा आकस्मिक रक्तदान सम्पन्न भएको छ। कोरोनाको कहरको विषम परिस्थितिमा बिभिन्न अस्पतालमा उपचाररत बिरामीहरुलाई रगत अभाबमा समस्या नहोस भन्ने उदेश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको हो।

जेठ १९ गते बुधबार गोकर्ण महिला संजाल र लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ को संयुक्त आयोजनामा कोभिड–१९ का बिरुद्ध पूर्ण सावधानीका विधिहरु अपनाएर सुरक्षित तवर बाट कान्तिपुर अस्पताल रक्त संचार सेवाको प्राबिधिक सहयोगमा बिहान १० बजे देखि १ बजे सम्म चलेको उक्त रक्तदान कार्यक्रममा १८ जना रक्तदाताले रक्तदान गरेको गोकर्ण महिला संजालको सचिब अम्बिका निरौलाले कपन अनलाइनलाइ जानकारी गराइन ।

छोटो समयको तयारी तथा अहिलेको प्रतिकुल  अवस्थामा पनि स्थानीय तथा सामाजिक व्यक्तिहरुको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको उनले बताइन । कोरोना संक्रमणको जोखिम तथा निषेधाज्ञाको बिषम परिस्थितिमा समेत स्वतःस्फुर्त रुपमा सहभागि भई रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरुलाई आयोजकले  धन्यवाद ज्ञापन गरेको छ। कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख शान्ति नेपाल ,लायन्स क्लब इन्टरनेसल डिस्ट्रिक ३२५ ए१ का जी एम टि डिस्ट्रिक कोर्डिनेटर लायन धर्म शरण श्रेष्ठ ,ब्लड़ बैंक चिफ लायन बिनोद कुमार श्रेष्ठ , लायन श्रीचन केसी, लायन उदयराज भण्डारी एरिया  कोर्डिनेटर लायन अच्युत बिष्ट, लायन उमेश ढुंगाना  डिस्ट्रिक चियर पर्सन लायन ठण्डराज ठकुरी  लगायत आयोजक संस्थाका पदाधिकारी र रक्तदाता हरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।