लायन्स क्लबले भोलि गोकर्णेश्वर १ वी पी चोकमा आकस्मिक रक्तदान गर्ने

लायन्स क्लबले भोलि गोकर्णेश्वर १ वी पी चोकमा आकस्मिक रक्तदान गर्ने

कपन अनलाइन

काठमाडौं ,जेठ १८।  गोकर्णेश्वर  नगरपालिका वडा नं १ मा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ले आकस्मिक रक्तदान कार्यक्रम गर्ने भएको छ।  भोलि जेठ १९ गते बुधबार लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसको संयोजनमा गोकर्णेश्वर नगरपालिका वडा नं १ स्थित वी पी चोक सुन्दरीजलमा आकस्मिक रक्तदान  कार्यक्रम हुन लागेको हो  ।

कोभिड–१९ का कारण  जारी भएको  निषेधाज्ञाको कारण  राजधानीसहित देशका धेरै  जसो स्वास्थ्य केन्द्रहरुमा रगतको चरम अभाव भएपछि आकस्मिक रक्तदान गरिन लागिएको लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसका चार्टर प्रेसिडेन्ट विख्यातप्रसाद थपलियाले कपन अनलाइनलाइ जानकारी गराए   ।कोभिड–१९ का बिरुद्ध पूर्ण सावधानीका विधिहरु अपनाएर सुरक्षित तवर बाट बुधबार   बिहान १0 बजे बाट शुरु भई १ बजे सम्म चल्ने उक्त कार्यक्रममा सहभागी भई रक्तदान गर्न  समेत उनले  सबैलाई अनुरोध गरेका छन ।

 

तपाइँको प्रतिक्रिया ।