गोकर्ण महिला संजालको भवनमा भोलि आकस्मिक रक्तदान हुने
कपन अनलाइन
काठमाडौं जेठ १८ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित गोकर्ण महिला संजालको भवनमा आकस्मिक रक्तदान कार्यक्रम हुने भएको छ। कोभिड–१९ का कारण जारी भएको निषेधाज्ञाको कारण राजधानीसहित देशका धेरै जसो स्वास्थ्य केन्द्रहरुमा रगतको चरम अभाव भएपछि आकस्मिक रक्तदान गरिन लागिएको हो ।
लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ र गोकर्ण महिला संजालको संयुक्त आयोजनामा कोभिड–१९ का बिरुद्ध पूर्ण सावधानीका विधिहरु अपनाएर सुरक्षित तवर बाट भोलि जेठ १९ गते बुधबार बिहान १0 बजे बाट शुरु भई १ बजे सम्म चल्ने उक्त कार्यक्रममा सहभागी भई रक्तदान गर्न आयोजकले अनुरोध गरेको छ।
तपाइँको प्रतिक्रिया ।