शंखरापुर नगरपालिकाका १७४ जनाले कोरोना जिते

शंखरापुर नगरपालिकाका १७४ जनाले  कोरोना जिते

कपन अनलाइन

काठमाडौं ,जेठ १८।शंखरापुर नगरपालिकामा चैत्र २५ गते देखि जेठ १७ गते सम्ममा १४३जना महिला र १८६ जना पुरुष गरि कुल ३२९ जनामा कोरोना संक्रमण पुष्टि भएको जन स्वास्थ्य प्रवर्दन उप शाखा शंखरापुर नगरपालिकाले जनाएको छ। कुल संक्रमित मध्ये ५६ जना महिला र ८४जना पुरुष गरि १४० जना सक्रिय संक्रमित रहेको जानकारी गराएको छ।हाल सम्म नगरपालिकामा ९जना पुरुष र ६ जना महिला गरि १५जनाको कोरोनाको कारण मृत्यु भएको छ भने ८१ जना महिला र ९३ जना पुरुष गरि १७४ जनाले कोरोना जितेको उल्लेख गरिएको छ। हाल सम्म  ५४जना महिला र ७३ जना पुरुष गरि कुल १२७  जना होम आइसोलेसनमा रहेका छन भने २ जना महिला र ११ जना पुरुष गरि कुल १३ जना अस्पतालमा रहेको पनि जानकारी गराइएको छ।

शंखरापुर नगरपालिकाका  कुन वडामा कति संक्रमित?

वडा नं १ मा ७ महिला र १९पुरुष गरि कुल २६ जना

वडा नं २ मा १० महिला र ११ पुरुष गरि कुल २१ जना

वडा नं३ मा १४ जना महिला र २४ जना पुरुष गरि कुल ३८जना

वडा नं ४ मा १३ जना महिला र १२ जना पुरुष गरि कुल २५ जना

वडा नं ५ मा ९ जना महिला र १२ जना पुरुष गरि कुल २१ जना

वडा नं ६ मा ३८ जना महिला र ३५ जना पुरुष गरि कुल ७३ जना

वडा नं ७ मा १८ जना महिला र २४जना पुरुष गरि कुल  ४२जना

वडा नं ८ मा ११ जना महिला र १६ जना पुरुष गरि कुल २७ जना

वडा नं ९ मा १४ जना महिला र २३ जना पुरुष गरि कुल ३७ जना त्यसै गरि अन्यमा ९ जना महिला र १० जना पुरुष गरि कुल १९ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ।सबै भन्दा बढी संक्रमित वडा नं ६ मा देखिएको छ, जहाँ हाल सम्म ७३ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ ।

कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन नगर प्रमुख सुवर्ण श्रेष्ठले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको  प्रयोग  गर्न  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेका हुन।

तपाइँको प्रतिक्रिया ।