कन्भेन्सन नजिकिए संगै लायन्स क्लबको इन्टरनेसनल डाइरेक्टर (ID ) को प्रतिस्पर्धा रोचक मोडमा

कन्भेन्सन नजिकिए संगै लायन्स क्लबको इन्टरनेसनल डाइरेक्टर (ID ) को प्रतिस्पर्धा रोचक मोडमा

कपन अनलाइन

काठमाडौं जेठ १८

सामाजिक तथा मानवीय सेवामा क्रियाशील लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ मल्टिपल कन्भेन्सन आगामी जेठ २१ र २२ गते हुँदैछ । कन्भेन्सनबाट इन्टरनेशनल डाइरेक्टर पनि छनोट हुनेछ । इन्टरनेशनल डाइरेक्टरमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५  ए १ बाट लायन खगेन्द्र सिटौलाले   उम्मेदवारी दिएका छन भने  उनीसँग मैदानमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बि १ बाट बालकृष्ण बुर्लाकोटी प्रतिस्पर्धामा उत्रेका छन।

लायन्स क्लव अन्तराष्ट्रिय ३२५ ए २ बाट लायन्स शम्भु घिमिरे र्निविरोध निर्वाचित भए पनि मल्टीपलमा घिमिरेले आफ्नो उम्मेदवारी फिर्ता लिएर अन्य उम्मेदवारलाई मार्ग प्रशस्त  गरे संगै प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ ।

अधिवेशन नजिकिएसंगै अन्तराष्ट्रिय डाइरेक्टर पदमा ‘को चुनिने’ भन्ने बिषयले अझ बढी महत्व पाएको छ । डिष्ट्रिक ३२५ ए१ १ को तर्फबाट अन्तराष्ट्रिय डाइरेक्टर पदमा उमेदवार लायन खगेन्द्र सिटौला र डिस्ट्रिक ३२५ बि १ को तर्फ बाट लायन बालकृष्ण बुर्लाकोटी सहज जितको अपेक्षा सहित सामाजिक सेवा र चुनावी अभियान दुबैमा लागिपरेका छन् । आगामी जेठ २१ र २२ गते भर्चुअल माध्यमबाट हुने उक्त सम्मेलनमा दुवै उम्मेदवारहरुले सम्पूर्ण नेपाली लायन्सहरुलाई आफ्नो पक्षमा मतदान गर्न अनुरोध  गर्दै आएका छन

नेपालमा हालसम्म चार वटा डिस्ट्रिक रहेका छन । चार डिस्ट्रिकबाट चयन भएर आएका मध्यबाट लायन्स क्लव अन्तराष्ट्रिय मल्टीपल ‘३२५’ बाट एक जना चुनिएर जानु पर्ने लायनको अन्तराष्ट्रिय मान्यता रहेको छ ।

सोहि मान्यता अनुसार सन २०१४ र १५ मा अन्तराष्ट्रिय निर्देशकमा लायन्स क्लव अन्तराष्ट्रिय ‘३२५ बि’ बाट लायन्स संजय खेतानले प्रतिनिधित्व गरि सकेका छन । त्यहि समयमा भएको लायन्स लिडरहरुको भद्र सहमित भएको भन्दै  यस पटक लायन्स खगेन्द्र सिटौला लायन्स क्लव अन्तराष्ट्रिय ३२५ ए १ बाट प्रतिनिधित्व  गर्नुपर्ने उनलाई जिताउन सक्रिय देखिएका लायन्स सदस्यहरुले दावी गर्दै  आएका छन ।

त्यसै गरि लायन्स क्लब इन्टरनेशनल मल्टिपल ३२५ नेपालका पूर्वमल्टिपल चियरपर्शन समेत रहेका बालकृष्ण बुर्लाकोटीले मल्टिपलमा लायन्स फन्ड सुरुवात गरेका थिए । उनलाई मल्टिपलको सचिवालयलाई चलायमान बनाउँदै संस्थागत गर्न महत्वपूर्ण भूमिका खेलेको उनका समर्थकहरुले बताउदै आएका छन।

दुबैलाई नजिकबाट चिन्नेहरुले दुबैको नेतृत्व क्षमता र लोकप्रिय व्यक्तित्वका कारण पनि  बाजी कसले मार्ला भनेर जेठ २१ र २२ गते को कन्भेन्सन नै कुर्नुपर्ने  बताउदै भोटको लागि बिभिन्न माध्यम बाट अपिल गरिरहेका छन  ।

तपाइँको प्रतिक्रिया ।