एकता बचाउन अन्तिमसम्म प्रयास गर्ने नेकपा एमाले स्थायी कमिटीको निर्णय

एकता बचाउन अन्तिमसम्म प्रयास गर्ने नेकपा  एमाले स्थायी कमिटीको निर्णय

कपन अनलाइन

काठमाडौं जेठ १८।

नेकपा एमालेले पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने र लचकता अपनाउने निर्णय गरेको छ ।  मंगलबार बसेको स्थायी समिति बैठकमा पार्टी एकता बचाउन भैरहेका छलफलबारे विवेचना गर्दै एकता बचाउन प्रयास जारी राख्ने निर्णय भएको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन  ।

‘पार्टीको आन्तरिक एकताका लागि भइरहेका छलफलबारे विवेचना भयो, एकता बचाउन नेतृत्व तहबाट अन्तिम समयसम्म पनि प्रयास जारी राख्ने बारेमा छलफल भएको छ’, ज्ञवालीको भनाइ छ ।
त्यस्तै एमाले बैठकमा प्रतिनिधि सभा विघटनपछिका राजनीतिक घटनाक्रम र सर्वोच्च अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्नेगरी भइरहेका बहसमाथि समिक्षा भएको छ ।

बैठकमा स्पष्टिकरण सोधेका १२ जना नेतालाई कारवाहीबारे बैठकको एजेण्डा नै नभएको प्रवक्ता ज्ञवालीले बताए । उनले एमाले वार्ताका लागि गठित कार्यदल अस्तित्वमा नरहेको भन्दै आवश्यक परे कार्यदललाई पुनर्गठन गर्न सकिने जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।