पछिल्लो २४ घण्टामा कीर्तिपुर नगरपालिकाका थप ३९ जनामा कोरोना संक्रमण
कपन अनलाइन
काठमाडौं, जेठ १६। पछिल्लो २४ घण्टामा कीर्तिपुर नगरपालिकामा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ । गत २४ घण्टामा नगरपालिकामा ७३जनाको कोरोना परिक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो, यो संगै नगरपालिकाका ३४४जना पुरुष र ३६५ जना महिला गरि कुल ७०९जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित मध्ये ६८३ जना होम आइसोलेसनमा रहेको र अस्पतालको आइसोलेसनमा २६जना रहेको जनाएको छ । त्यसैगरि हाल सम्म नगरपालिकाका ३५जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी गराएको छ ।
संक्रमित विरामीको संख्या प्रत्येक वडाको यस प्रकार रहेको छ ।
कीर्तिपुर नगरपालिका वडा नं १ मा ५५ जना
वडा नं २ मा ८६ जना
वडा नं ३ मा ५४ जना
वडा नं ४ मा ७५ जना
वडा नं ५ मा १०५ जना
वडा नं ६मा ६८ जना
वडा नं ७ मा ५८ जना
वडा नं ८ मा ४५ जना
वडा नं ९ मा ८६ जना
र वडा नं १० मा ७७ जना गरि कुल संक्रमित ७०९ जना रहेको जनाएको छ। कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन नगरपालिकाले अनुरोध गरेको छ । सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको प्रयोग अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न समेत अनुरोध गरिएको छ ।