काठमाण्डौ-४ का लागि डा.राजन भट्टराईको पहल: गोपीकृष्ण-तिलगंगा सुरुङ र धोवीखोला फोहोर प्रसोधन केन्द्र

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १६।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराईको पहलमा काठमाण्डौ क्षेत्र नं ४ मा गोपीकृष्ण-तिलगंगा सुरुङ र धोवीखोला फोहोर प्रसोधन केन्द्र दुई प्रमुख योजना बजेटमा समेटिएका छन।

आर्थिक वर्ष २०७८/७९ को बजेटमा काठमाण्डौ उपत्यकाको प्रमुख मध्येको एक नदी रुद्रमती ( धोवीखोला ) को फोहोर तथा ढल  व्यवस्थापनका लागि प्रसोधन केन्द्र निर्माणका लागि बजेट बिनियोजन गरिएको छ।

काठमाण्डौको गोपीकृष्ण क्षेत्र सम्म मात्र ल्याइने योजना रहेको धोवीखोला कोरिडोरलाई चुनिखेलको नौलिन थान सम्म लैजान पहल गरेका डा. भट्टराईले सो नदीको स्वच्छता र वातावरणीय सुधारका लागि प्रसोधन केन्द्रको आवश्यकता रहेकोले बजेट व्यवस्थापन गरिएको बताएका छन।

रुद्रमती ( धोवीखोला ) सभ्यता र संस्कृतिलाई प्रवर्धनका लागि यसको मुहान धोवीढुंगा क्षेत्रको पटक पटक भ्रमण गर्दै खानेपानी र अन्य पूर्वाधारको पहल गरेका डा .भट्टराईले  प्रसोधन केन्द्र निर्माण संगै उक्त नदीले नया जीवन प्राप्त गर्ने विस्वास व्यक्त गरेका छन।

त्यस्तै काठमाण्डौ उपत्यकाको मुख्य बजार बजार क्षेत्र चावहिल र गौशलाको जाम कम गर्नका लागि डा . भट्टराईले निकै पहिला देखि उठाउदै आएको गोपीकृष्ण-तिलगंगा सुरुङ निर्माणको डिजाइन तयार गरेर काम अगाडी बढाउनका लागि बजेट बिनियोजन गरिएको छ।

सो क्षेत्रमा सुरुङ निर्माणका लागि चिन सरकार संग पत्राचार गरिएको जानकारी दिदै डा. भट्टराईले चिनिया  पक्ष बाट सकारात्मक  सन्देस आएको जानकारी दिदै सो कार्य चाडै नै यसको विस्तृत कार्य शुरु हुने बताएका छन।

सो क्षेत्रको सवारी चाप न्यूनीकरणका लागि सुरुङ मार्ग नै उत्तम बिकल्प रहेको बताउदै डा. भट्टराईले यसलाई नेपाल सरकारले चक्रपथ विस्तारको योजनामा महत्वपूर्ण खण्डका रुपमा प्राथमिकतामा राखेको बताएका छन।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।