बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को सार्वजनिक सुचना
कपन अनलाइन
काठमाडौं ,जेठ १४ ।बुढानिलकण्ठ नगरपालिका वडा नं ११ले सार्वजनिक सुचना जारी गरेको छ। वडा अध्यक्ष राजु अधिकारीले जारी गरेको उक्त सुचनामा अहिलेको विषम परिस्थितिमा कोभिडका कुनै लक्षण रुघा खोकी ज्वरो फ्लु जस्ता समस्या भई घरमा रहेका वडाबासीलाई बिभिन्न सहयोगी मन र जीवन बिज्ञानको सहकार्यमा नि:शुल्क जडीबुटी मिश्रित ठुलो औषधी वितरण भईरहेकोले समस्यामा परेका ब्यक्तिहरुले निम्न व्यक्तिलाई सम्पर्क गरि स्वास्थ्य लाभ लिन अनुरोध गरेका छन् ।
सम्पर्क ब्यक्ति
होमनाथ आचार्य: ९८४१५७१४५५
कमल बहादुर राजलावट ९८५११५४९८०
साथै उक्त सुचनामा जीवन बिज्ञानको सहकार्यमा अनलाइनको माध्यम बाट बिहान ५ बजे देखि घरमै बसेर हरेक दिन (शनिबार बाहेक) योगाभ्यास ,प्राणायाम र ध्यान गर्न इच्छुक ब्यक्तिहरुले सुचना उल्लेखित जुम लिंकको प्रयोग गरि शारीरिक स्वास्थ्य एबम मानसिक शान्ति हासिल गर्न सकिने जानकारी गराइएको छ ।