चम्पादेवी गाउँपालिकाको समुदाय स्तरमा कोरोना फैलियो,कुन वडामा कति संक्रमित ?

कपन अनलाइन

काठमाण्डौ,जेष्ठ १३।

ओखलढुंगा जिल्लाको  चम्पादेवी गाउँपालिकाको समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको छ। कोरोना प्रकोपको दोश्रो लहरमा गरिएको परिक्षणमा गाउँ पालिकामा एकै दिन ३९ जनामा कोरोना संक्रमण देखिएको हो।

जेष्ठ १० गते संकलन गरिएको स्वावको  नतिजा परिक्षण मेसिनको अभावमा  तिन दिन पछी प्राप्त रिपोर्टमा तिन दर्जन बढीमा संक्रमण देखिएको छ भने धेरै परिक्षण नगरिएका लक्षण सहितका विरामीहरु पनि रहेका छन।

कुन वडामा कति संक्रमित ?   

वडा नं १ : ७ जना

वडा नं २ : ९ जना

वडा नं ३ : ४ जना

वडा नं ४  : ४ जना

वडा नं ६ : ३ जना

वडा नं ७ : ४ जना

वडा नं ८ : २ जना

वडा नं ९ : ६ जना

तपाइँको प्रतिक्रिया ।