काठमाडौं महानगरपालिका वडा नं ६ मा जेठ १५ गते र १७ गते नि:शुल्क कोरोनाको एन्टीजेन परिक्षण हुने

कपन अनलाइन

काठमाडौं जेठ १३ । काठमाडौं महानगरपालिका वडा नं ६ मा  २०७८ साल जेठ १५ गते शनिबार र १७ गते सोमबार नि:शुल्क कोरोनाको एन्टीजेन परिक्षण हुने भएको छ । काठमाडौं महानगरपालिका बाट नि:शुल्क पि सी आर परिक्षण गरिदै आएकोमा संक्रमण दर बृद्दि हुदै गएको कारणले परिक्षणको दायरा समेत फराकिलो गरि परिक्षण गर्नु पर्ने भएको हुँदा काठमाडौं महानगरपालिका बाट नि:शुल्क एन्टीजेन परिक्षण गर्न लागिएको हो ।

काठमाडौं महानगरपालिका वडा नं ६ को महेन्द्र बौद्ध उच्च माबी फुलबारीमा  मिति २०७८ साल जेठ १५ गते शनिबार र १७ गते सोमबार बिहान १० बजे देखि  दिउसो १ बजे सम्म कोरोनाको नि:शुल्क एन्टीजेन परिक्षण गर्न लागिएको वडा कार्यालयले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।