जनसेवामा सक्रिय एन्जल्स होम प्रि-स्कुल बुढानिलकण्ठ-३
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १२।
काठमाडौंको बुढानिलकण्ठ ३ नयाँचोकमा रहेको एन्जल होम्स प्रि स्कुलले कोभिडका मारमा परेका आफ्ना विद्यार्थी, अभिभावक तथा नागरीकहरुका लागि निःशुल्क रुपमा दुईवटा भ्यान उपलब्ध गराई सेवा प्रदान गरिरहेको छ ।
कोभिडको दोस्रो संक्रमणले समाजलाई क्रसित बनाईरहेको अवस्थमा विद्यालयले यो सुविधा प्रदान गरेको हो संक्रिमत भई अस्पताल जानुपर्ने व्यक्ति तथा असाहय र बृद्धबृद्धाहरुका लागि पनि यो सेवा सुरुवात गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल जनक थापाले बताएका छन ।
कोभिडका कारण हरेक नागरीकहरु जोखिमयुक्त रहने अवस्था रहेकोले यो अवस्थामा विद्यालयले आफ्नो समाजिक उत्तरदायित्व पुरा गर्न सकेको सहयोग गर्न सदैव तत्पर रहेको बताउदै थापाले बुढानिलकण्ठ नगरपालिका मात्रै नभई अत्यावश्यक परेको खण्डमा काठमाण्डौका विभिन्न स्थानमा पनि आफ्नो सेवा दिईरहेको जानकारी दिएका छन।
समाजिक एकता अनि सदभाव र सुखदुखमा हातेमालो गर्न सकेको खण्डमा हामी धेरै समस्यालाई सहजै पार लगाउन सक्ने भन्दै थापाले समाजभित्र रहेका सबै विद्यालयहरुले यस्तो विषम अवस्थामा आफुले सक्ने र सम्भव हुने सेवा प्रदान गर्नुपर्ने र धेरै विद्यालयहरुले समाजिक कार्य गरिरहेको धारणा राखेका छन।