यौटा घटना : मुक्तिनाथ शर्मा (कविता )
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १०।
झरिमा परेकी भिजेकी परिका
लपक्कै भई बस्त्र नै टाँस्सिएका
अगाडिपर्याे एक नौलो जवान
तब गर्नपर्ने भयो यो बयान ।१।
अनायास आखा जुधे टक्कराए
रुके पाइला क्यै दुवै अन्कनाए
म बोलुँ नबोलुँ भयो मन्मनैमा
चरी चिर्बिरायो चिचिर्चिर्बिरैमा ।२।
युवा झस्कियो कि उता लाज लाग्यो
न हेरुँ कि हेरुँ कता के गरुँ भो
अति आत्तियो मन् कि त मात्तियो त्यो
कसोभो कसोभो किनभो जसोभो ।३।
अघिको दुरी क्यै घटेको थिएन
घटाउँ घटाउँ भयो सक्किएन
बढाएर शक्ति नजिकै म जाउँ
अनि लाज लाग्यो नजिकै नजाउँ ।४।
पछि केभयो हो कसरी भनूँ म
तिमी भन्नसक्छौ भने सुन्दछु म
परन्तु ठम्याई भन सत्य सत्य
हुँदैहुन्न भन्न कहिल्यै असत्य ।५।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।