नेपालको लायोनिजम विकास र विस्तारमा मेरो सक्रियता निरन्तर रहनेछ : लायन खगेन्द्र सिटौला
कपन अनलाइन
काठमाडौं, जेठ ९ । सामाजिक तथा मानवीय सेवामा क्रियाशील लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ मल्टिपल कन्भेन्सन आगामी जेठ २१ र २२ गते हुँदैछ । कन्भेन्सनबाट इन्टरनेशनल डाइरेक्टर पनि छनोट हुनेछ । इन्टरनेशनल डाइरेक्टरमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ए १ बाट लायन खगेन्द्र सिटौलाले उम्मेदवारी दिएका छन । उनीसँग मैदानमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बि १ बाट बालकृष्ण बुर्लाकोटी र लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ए २बाट शम्भुप्रसाद घिमिरे प्रतिष्पर्धामा उत्रिएका छन् ।
इन्टर्नेसनल डाइरेक्टर इन्डोर्सि (International Director Endorsee) का उम्मेदवार GAT Area Leader लायन खगेन्द्र सिटौलाले शनिबार काठमाडौं क्षेत्रका लायन्स सदस्यहरु संग छलफल गरेका छन। कोरोनाको कारण सरकारले लागु गरेको निषेधाज्ञाको कारण उनले लायन्स सदस्यहरु संग भर्च्युल प्रबिधि जूम मार्फत छलफल गरेका हुन। शनिबार १ बजे बाट शुरु भएको उक्त छलफलमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ए १का डिस्ट्रिक गभर्नर लायन टंकबहादुर श्रेष्ठ , पूर्व डिस्ट्रिक गभर्नर तथा हालका मल्टिपल डिस्ट्रिक- जीएसटि (ग्लोबल सर्भिस टिम) कोअर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाल,पुर्व डिस्ट्रिक गभर्नर लायन तथा हालका मल्टिपल काउन्सिल चियरपर्सन लायन इन्द्र खत्री ( राजन ), पुर्व डिस्ट्रिक गभर्नर लायन कुमार राज सुवेदी, पुर्व डिस्ट्रिक गभर्नर लायन लिला कुमार ढुंगेल,डिस्ट्रिक. लायन लिडर एम डी अग्रवाल, डिस्ट्रिक गभर्नर इलेक्ट लायन रेवत बहादुर कार्की, फर्स्ट भाइस डिस्ट्रिक गभर्नर इलेक्ट लायन कर्म गुरुङ, सेकेन्ड भाइस गभर्नर इलेक्ट लायन नरनाथ सापकोटा,लगायत लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ए १का डिस्ट्रिक गभर्नर लायन टंकबहादुर श्रेष्ठले स्वागत मन्तब्य राख्दै विषम परिस्थितिमा लायन्स सदस्यहरुले ज्यान जोखिममा राखेर गरेको सेवाको उच्च प्रसंशा गरेका थिए। सेवाको क्रममा विश्व ब्यापी रुपमा फैलिएको कोरोना बाट संक्रमित भई मृत्यु बरण गरेका लायन्स सदस्यहरुलाई श्रद्दान्जली ब्यक्त गर्दै संक्रमित भई उपचाररत लायन्स सदस्यहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । उनले विषम परिस्थितिमा लायन्स क्लबले गर्दै आएका काम र गर्नु पर्ने थप कामको बारेमा समेत जानकारी दिदै आगामी जेठ २१ र २२ गते हुन लागेको लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ मल्टिपल कन्भेन्सनमा इन्टर्नेसनल डाइरेक्टर इन्डोर्सि (International Director Endorsee) का उम्मेदवार GAT Area Leader लायन खगेन्द्र सिटौलाको पक्षमा मत प्रदान गर्न अनुरोध गरेका थिए।
कार्यक्रममा पूर्व डिस्ट्रिक गभर्नर तथा हालका मल्टिपल डिस्ट्रिक- जीएसटि (ग्लोबल सर्भिस टिम) कोअर्डिनेटर लायन अनन्त प्रसाद भेटुवालले विषम परिस्थितिमा लायन्स सदस्यहरुले ज्यान जोखिममा राखेर गरेको सेवाको उच्च प्रसंशा गरेका थिए। सेवाको क्रममा विश्व ब्यापी रुपमा फैलिएको कोरोना बाट संक्रमित भई मृत्यु बरण गरेका लायन्स सदस्यहरुलाई श्रद्दान्जली ब्यक्त गर्दै संक्रमित भई उपचाररत लायन्स सदस्यहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।उनले कोरोना कहरमा लायन्स अग्र भागमा रहेर सेवाको कामलाइ निरन्तरता दिदै आएको र बिभिन्न स्थानमा आसोलेसन सेन्टर निर्माण खाद्यान्न सहयोग लगायतको काम गर्दै आएको जानकारी गराए। उनले सो काममा इन्टर्नेसनल डाइरेक्टर इन्डोर्सि (International Director Endorsee) का उम्मेदवार GAT Area Leader लायन खगेन्द्र सिटौलाको नेतृत्वमा भईरहेको जानकारी गराए।
उनले बुदागत रुपमा आगामी जेठ २१ र २२ गते हुन लागेको लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ मल्टिपल कन्भेन्सनमा इन्टर्नेसनल डाइरेक्टर इन्डोर्सि (International Director Endorsee) का उम्मेदवार GAT Area Leader लायन खगेन्द्र सिटौलालाइ मत दिनु पर्ने निम्न कारण भएको जानकारी गराए ।लामो समय लायन्स मा लागेर पटक पटक महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसकेकोले।लामो समयको अन्तरालमा आफ्नो अमुल्य समय मानव सेवा र जनहितमा हालसम्म सक्रिय रुपमा लागिरहेका पदको लागि मरिहत्ते नगरी सहमति सहकार्यलाइ सदैब जोड दिदै आएका ।
मानिसको क्षमता जतिभए पनि सामाजिक कार्य गर्नलाई उसलाई संघ–संस्थाको आवश्यकता हुन्छ, एक्लो प्रयासले ठूलो उपलब्धि हासिल हुँदैन । एकले थुकी सुकी, धरैले थुकी नदी भनेझैँ समूहले गरेका काम प्रभावकारी हुने भएकाले संघसंस्थाको आवश्यकता हुन्छ । समाजले त्यस्तो व्यक्तिलाई सम्झिराख्छ जसले समाजका लागि प्रभावकारी कल्याणकारी र गौरवशाली काम गर्दछ , यस्ता भावनाबाट प्रभावित भए पनि कसरी क्रियाशील रचनात्मक र सकारात्मक सोचका साथ अगाडि बढ्न सकिन्छ भनेर सदैब प्रेरणा दीने ब्यक्ति सिटौला भएको उनले बताए ।
५ पटक एरिया लिडर र अहिले तेस्रो पटक GAT लिडर बनिसकेको र अब अन्तरास्ट्रिय डाइरेक्टरको रुपमा काम गर्दा समन्वय र सहकार्य गर्न सहज हुने लामो समय लायन्समा सेवा गर्दै त्याग र समर्पणको कदर इन्टरनेसनलले समेत गर्दै आएको नेपाली लायानिजमको इतिहासमा बनाउन सफल भएका थिए । आफ्नो गभर्नरकाल(२००६-००७)मा सर्वोच्च शिखर सगरमाथामा लायन्सको झण्डा फहराउन सफल, नेपाल लायन्सको इतिहासमा पहिलोपटक लायन्सको हुलाक टिकट प्रकाशन गरि विश्वमा चिनाउन समेत सफल नेतृत्वको परिचायक बनेका लायन्स लिडर खगेन्द्र सिटौलाको अनुभव, खारिएको प्रतिभा, समाजसेवामा सक्रिय भूमिका र कार्यकौशलताले लायन्सको साँखलाई उचो पार्दै अघि बढन अरुले मार्ग प्रशस्त गर्नेमा शंका गर्नुपर्ने ठाउँ नदेखेको हुँदा आगामी जेठ २१ र २२ गते हुन लागेको लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ मल्टिपल कन्भेन्सनमा इन्टर्नेसनल डाइरेक्टर इन्डोर्सि (International Director Endorsee) का उम्मेदवार GAT Area Leader लायन खगेन्द्र सिटौलाको पक्षमा मत प्रदान गर्न सबैलाई प्रेरित गर्न अनुरोध गरेका थिए।
कार्यक्रममा पुर्व डिस्ट्रिक गभर्नर लायन तथा हालका मल्टिपल काउन्सिल चियरपर्सन लायन इन्द्र खत्री ( राजन ) पुर्व डिस्ट्रिक गभर्नर लायन कुमार राज सुवेदी, पुर्व डिस्ट्रिक गभर्नर लायन लिला कुमार ढुंगेल,डिस्ट्रिक. लायन लिडर एम डी अग्रवाल, गभर्नर इलेक्ट लायन रेवत बहादुर कार्की, लायन राजन श्रेष्ठ क्याबिनेट सेक्रेटरी इलेक्ट लायन धर्म श्रेष्ठ, लायन कनिका गुरुङ, लायन राजेन्द्र कुमार बराल, लगायत लायन्स लिडर तथा सदस्यहरुले आ आफ्नो भनाइ सहित सिटौलाको पक्षमा मतदान गर्ने बातावरण बनाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा बोल्दै इन्टर्नेसनल डाइरेक्टर इन्डोर्सि (International Director Endorsee) का उम्मेदवार GAT Area Leader लायन खगेन्द्र सिटौलाले कोरोना महामारीको विषम परिस्थितिमा लायन्स सदस्यहरुले ज्यान जोखिममा राखेर गरेको सेवाको उच्च प्रसंशा गरेका थिए। सेवाको क्रममा विश्व ब्यापी रुपमा फैलिएको कोरोना बाट संक्रमित भई मृत्यु बरण गरेका लायन्स सदस्यहरुलाई श्रद्दान्जली ब्यक्त गर्दै संक्रमित भई उपचाररत लायन्स सदस्यहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै थप सेवाको काम गर्दा स्वास्थ्य सजकता अपनाउदै सेवामा लाग्न प्रेरित गरेका थिए। उनले लायन्सको अन्तर्राष्ट्रिय डाइरेक्टर बनेर संसारभर नेपालको झण्डा र देशलाई चिनाउने अभियानमा लाग्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । लायन्सको अन्तर्राष्ट्रिय डाइरेक्टर बनेपछि नेपालमा धेरै भन्दा धेरै स्थायी परियोजनाहरु ल्याउनमा भूमिका खेल्ने र बढी भन्दा बढी अवसर अन्तर्राष्ट्रियबाट सिर्जना गर्न आफू सक्रिय हुने उनले बताए।
नेपालको लायोनिजम विकास र विस्तारमा मेरो सक्रियता निरन्तर छ,’ उनले भने, ‘आगामी दिनमा यो सक्रियतालाई अझ बढाउँदै नेपाललाई लायन्स मार्फत संसारभर चिनाउने प्रतिबद्दता ब्यक्त गरेका थिए ।’यस अगाडि ईन्जिनियर लायन सञ्जय खेतान नेपालको तर्फवाट अन्तर्राष्ट्रिय डाइरेक्टर बनेका थिए । अब सन्जय खेतानलाई लायन्सको अन्तर्राष्ट्रिय अध्यक्ष बनाउने अभियानमा समेत आफूले भूमिका खेल्ने उनले बताए । आफूलाई अन्तर्राष्ट्रिय निर्देशकमा विजयी गराउनका लागि सबैको सहयोगको खाँचो रहेको भन्दै सिटौलाले लायन्सको गरिमालाई थप उचाइमा पुर्याउन आफूले भूमिका खेल्ने बताएका छन् ।