राजनीतिक जीवनको कठिन मोडमा कुसुम कुमार कार्की

राजनीतिक जीवनको कठिन मोडमा कुसुम कुमार कार्की

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ९/विकल सापकोटा

काठमाण्डौ क्षेत्र नं ४ (२ ) बाट निर्वाचित बागमती प्रदेस सभा सदस्य कुसुम कुमार कार्की आफ्नो लामो राजनीतिक जीवनको कठिन मोडमा पुगेका छन। रास्ट्रिय सभाको उपनिर्वाचनमा नेकपा एमालेको उम्मेदवारलाई मत नहालेको भन्दै बागमती प्रदेसको संसदीय बोर्डले उनलाई आज ५ बजे सम्म स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ।

२०४९ शालको स्थानिय निकायको निर्वाचनमा साविक महांकाल गाविसको उपाध्यक्षमा निर्वाचित भएका कार्की २०५४ शालमा गाविस अध्यक्ष निर्वाचत बनेका थिए। ४० को दशक देखि राजनीतिमा सक्रिय रहेका कार्कीको राजनीतिक यात्राका घुम्तीहरु मोडिदै आजको अवस्थामा पुगेको हो।

तत्कालिन काठमाण्डौ क्षेत्र नं २,३ हुदै ४ भएको काठमाण्डौको उत्तरी भेगको राजनीतिमा विभिन्न कमिटीको नेतृत्वमा योगदान दिएका कार्की २०६८ शालमा भएको अधिवेसनमा तत्कालिन पार्टी संस्थापन पक्ष अध्यक्ष झलनाथ खनालका उम्मेदवार ठाकुर प्रसाद खकुरेललाई पराजित गर्दै नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ को अध्यक्ष बनेका थिए।

उनि पहिलो पटक क्षेत्रीय अध्यक्ष भएको कार्यकालको विचमा नै पार्टीको आन्तरिक समुह परिवर्तन गरेका उनले दोश्रो क्षेत्रीय अधिवेसनमा उनकै पहिलो कार्यकालक सचिव टिका पराजुलीलाई पराजित गर्दै पुन अध्यक्षमा निर्वाचित भएका थिए।

अहिले सम्म लडेका प्रत्येक निर्वाचनमा अपराजित रहदै लोकप्रिय जनप्रतिनिधि बनेका कार्की संगै पार्टी भित्र देखिएको पछिल्ला प्रकरणले धेरै उर्जावान  युवा नेताहरुको पनि राजनीतिक जीवनमा कस्टकर समय सिर्जना भएको एक जिल्ला कमिटी सदस्यले बताएका छन।

साविक कपन गाविसको तिन पटक अध्यक्ष हुदै क्षेत्रीय सचिवमा निर्वाचित बनेर काठमाण्डौ जिल्ला खेलकुदको सफल नेतृत्व गर्ने  युवा नेता धुर्वराज न्यौपाने, युवा नेता निरन्जन नेपाल,काठमाण्डौ महानगरपालिका वडा नं ७ का अध्यक्ष सुद्ध डंगोल ,सदस्य कृष्ण प्रसाद घिमिरे ,निर्मला पुडासैनी  , वडा नं ७ का पुर्व पार्टी सचिव तथा युवा नेता आशिष श्रेष्ठ , कपन गाउँकमिटीका सचिव हरिराम ढुंगाना ,उपसचिव द्वय पुरुषोत्तम नेपाल र डेन्डी शेर्पा, युवा संघका नेताहरु अजय सुब्बा ,रामशरण सापकोटा सहित उनको साथमा दर्जनौ नेता कार्यकर्ताहरुको सुनौलो राजनीतिक जीवनलाई ध्यानमा राखेर कार्कीले आगामी कदम चाल्दा उत्तम हुने उनको निकै निकट रहेका एक सहकर्मीले बताएका छन।

आज जेष्ठ ९ गतेका करिव ९ घण्टामा उनले तयार पार्ने स्पष्टीकरण र त्यसमा उल्लेख हुने विषयले पनि निकै महत्व राख्ने भएकोले यसमा उनले गम्भीर ढंगले सोचेर सुझबुझ पूर्ण निर्णय लिनुपर्ने उनि संगै सहकार्य गरेका एक पुर्व गाविस अध्यक्ष बताउछन। बुढानिलकण्ठ नगरपालिकामा स्थापित नेतृत्वका रुपमा रहेका कार्कीले आफ्नो अगाडी र पछाडी दुवै तर्फ फर्केर परिस्थितिको विश्लेषण गर्न पनि उनले आग्रह गरेका छन।

स्पष्टीकरण सोधिए पछी पहिलो पटक कपन अनलाइनलाई  प्रतिक्रिया दिदै अभिभावकले घर बाहिर ननिकालुन्जेल भित्रै संघर्ष गर्ने बताएका छन।

आज ५ बजे सम्म स्पष्टीकरण बुझाउने समय सिमा छ के गर्नुहुन्छ ? भन्ने कपन अनलाइनको प्रश्नमा उनले पार्टी अध्यक्ष र नेतृत्वले घर बाट बाहिर निकालेमा फरक पाटोको संघर्ष समात्नुपर्ने परिस्थिति सृजना हुने बताएका हुन।

प्रदेस संगै बुढानिलकण्ठ नगरपालिकाको राजनीतिमा पनि तरंग पैदा गरिरहेको स्पष्टीकरण प्रकरण र यसका वारेमा चलिरहेका चर्चा परिचर्चाहरु त केहि दिनमा कुनै निस्कर्षमा पुगेर सेलाउलान तर त्यसले पार्ने प्रभाव र अशर भने यसको पार्टी राजनीतिमा पटक पटक देखिने बुद्दिजीवी सहयोग समिति क्षेत्र नं ४ का एक पुर्व संयोजकले बताएका छन।

आफ्नो अडान नै पहिचान रहेको बताउदै आएका प्रदेस सभा सदस्य कार्कीले काठमाण्डौ क्षेत्र नं ४ का नेता तथा कार्यकर्ताहरुको आवाज मनन गरेर,बुझेर निर्णय लिन सके पार्टी जीवनको लागि प्रिय निर्णय हुने बताउदै ति बुद्दिजिबिले हालको परिस्थिति सृजना हुनु दुखद रहेको धारणा राखेका छन।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।