मोटरसाइकलमा लुटेरा गिरोह सक्रिय : मण्डीखाटारमा सांसद पत्नी लुटीइन
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ७।
निषेधाज्ञाको समयमा अहिले धेरै स्थानमा लुटपाटको घटना भैरहेका छन। यो समयमा मानिस हरुको आवतजावत कम हुने भएकोले पनि चोरहरुले मौका छोप्ने गरेका छन।
चोरीका लागि विभिन्न उपाय लगाउने आएको लुटेराहरुको गिरोहले अहिले मोटरसाइकलको प्रयोग गरेर लुटपाट गर्ने गरेको घटना बढ्दै गएका छन ।
यसै क्रममा जेष्ठ ६ गते साँझ बुढानिलकण्ठ नगरपालिका वडा नं ९ मण्डीखाटारमा सांसद पत्नी लुटीएकि छन। काठमाण्डौ क्षेत्र नं ४ (२ ) बाट निर्वाचित बागमती प्रदेस सभा सदस्य कुसुम कुमार कार्कीकी पत्नी कोमल कार्की लुटिएकी हुन् ।
साँझको समयमा सो स्थानको पतंजली योग केन्द्र नजिक मोटरसाइकलमा आएका लुटेराहरुले उनको साथमा रहेको पर्स र त्यसमा रहेका महत्वपूर्ण सामाग्री लुटेर फरार भएका थिए ।
तपाइँको प्रतिक्रिया ।